coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने भएपछि मात्र निशर्त वार्ता'

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुगेपछि सरकार निशर्त वार्ता गर्न तत्पर रहेको बताएका छन्। अर्यालले ट्विट गर्दै प्रधानमन्त्रीले पछिल्ला घटनाक्रमलाई नियाली रहेको उल्लेख गरेका छन्।

'प्रमले घटनाक्रमलाई नजिकबाट नियाली रहनु भएको छ। डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नु भएको खण्डमा मात्र निशर्त वार्ता गर्न तत्पर हुनु हुनेछ। उहॉ निशर्त रुपमा वार्ता गर्न तयार हुनु भयो भने सरकारका तर्फबाट जुनसुकै बेला औपचारिक वार्ता सुरु हुन सक्छ' उनले ट्विट गर्दै भनेका छन्।  

सार्वभौम संसदभन्दा बाहिरबाट चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा निकास खोज्न थोपरिने कुनै पनि शर्त मान्य र ग्राह्य नहुने कुरामा प्रम अडिग रहेको उनले बताएका छन्। विधेयकका सम्बन्धमा निकास खोज्न थोपरिने कुनै पनि शर्त मान्य र ग्राह्य नहुने कुरामा प्रम अडिग भएको उनले ट्विट गरेका छन्।

चिकित्सा शिऊमा सुधारको माग गर्दै डा. केसी २३ दिन देखि आमरण अनशनमा छन्। उनले माथेमा कार्यदलको मर्म अनुसार निकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने उनको माग छ।

प्रकाशित: ६ श्रावण २०७५ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App