coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी प्रथा अन्त्य गर्नैपर्छ : मन्त्री यादव

काठमाडौं– उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन्। 

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी प्रथा अन्त्य हुनुपर्ने बताए। ‘स्वास्थ्य क्षेत्रमा व्याप्त सिण्डिकेट र ठेक्का प्रथा अन्त्य गर्नैपर्छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रमा औषधिको गुणस्तरमा कुनै सम्झौता गर्न सकिन्न।’

औषधिको गुणस्तर र प्रभावकारिताको अनुगमन गरिने बताउँदै उनले औषधिको गुणस्तरमा सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिने बताए। गाउँलाई आधार बनाई बिरामी र जनतालाई गाउँमै सेवा दिनुपर्नेमा उनको जोड छ । ‘चिकित्सकहरू सहरमा बस्छन्। गाउँमा नबस्दा स्वास्थ्य सेवा लिनबाट गरिब जनता बञ्चित हुनुपर्ने अवस्था आएको छ। अस्पताल नजाने डाक्टरको प्रवृत्ति बन्द हुनुपर्छ। जनताले सेवा गाउँमै पाउनुपर्छ’, उनले भने।

काठमाडौंभित्र पनि थुप्रै गाउँठाउँ दुर्गम जस्तै अवस्थामा रहेको बताउँदै उनले भने, ‘जहाँ राज्यको ध्यान पुग्न सकेको छैन्, दुर्गम स्थानमा पनि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा र उपचार पुर्याउनुपर्छ। यो राज्यको दायित्व हो।’

उनले जनता स्वास्थ नभएसम्म देश नबन्ने बताए। ‘स्वास्थ्य र शिक्षालाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ’, उनले भने, ‘प्रदेश सरकारले पनि स्वास्थ्य संस्था र सेवा जस्ता आधारभुत सेवालाई व्यस्थित र गुणस्तीय बनाउने अपेक्षा गरेका छौँ।’ उनले केन्द्र, प्रदेश र स्थानीयस्तरबीच सहकार्य गरेर जनताको घरदैलो मै स्वास्थ्य सुविधा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।

सो क्षेत्रका सांसद गगन थापाको समेत उपस्थिति रहेको कार्यक्रममा ‘ग्लोबल सेयर्स काठमाडौं’ले निर्माण गरिदिएको स्वास्थ्य चौकी भवन उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादबले बुढानिलकण्ठ नगरपालिकालाई हस्तान्तरण गरेका थिए।

प्रकाशित: ६ श्रावण २०७५ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App