८ वैशाख २०८१ शनिबार
समाज

उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाण्डौं– न्यायपरिषदले उच्च अदालतका ७९ र जिल्ला अदालतका ७२ न्यायाधीशको सरुवा गरेको छ।
न्यायपरिषद्ले उच्च अदालतका ७९ न्यायाधीशको आइतबार सरुवा गरेको हो भने ७२ जना जिल्ला न्यायाधीशको सरुवा शुक्रवार गरेको हो।

उच्च अदालत जनकपुर अस्थायी इजलास विरगंजबाट न्यायाधीश कुमार प्रसाद पोखरेलको उच्च अदालत तुल्सीपुरमा र न्यायाधीश रमेश पोखरेलको उच्च अदालत तुल्सीपुर बुटबलबाट उच्च अदालत पाटनमा सरुवा गरिएको छ। पाटनमा सरुवा भएका न्यायाधीश पोखरेललाई सैनिक अदालततको अध्यक्षको हैसियतले समेत काम गर्न नेपाल सरकारको नाममा सिफारिस पनि गरिएको छ भने भूकम्प पुनर्निमाण समितिको पुनरावेदन सुन्ने समितिको अध्यक्षको रुपमा काम गर्न उच्च अदालत पाटनका न्यायाधीश रेवन्त कुवँरलाई तोकिएको छ।
न्यायाधीश नरेन्द्र सिवाकोटीलाई उच्च अदालत हेटौडा इजलासबाट पाटन, तिलप्रसाद श्रेष्ठलाई बुटवलमा सरुवा गरिएको छ।

यसैगरी हालै लिखित परीक्षा पास गरी बहाली गरेका ३८ जिल्ला नयाँ जिल्ला  न्यायाधीशहरुको समेत पदस्थापन गरिएको छ।

दोलखा जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार काफ्लेको डोल्पा जिल्ला अदालतमा सरुवा गरिएको छ। काफ्ले २०४८ सालदेखि नै जिल्ला अदालतको न्यायाधीशको रुपमा कार्यरत एकमात्र जिल्ला न्यायाधीश हुन्। स्मरणीय छ, आफू लामो समय बरिष्ठताको आधारमा जिल्ला न्यायाधीशकै रुपमा कार्यरत रहेतापनि न्यायपरिषद्ले अन्यायपूर्वक आफूलाई उच्च अदालतमा नियुक्त नगरेको भन्दै तत्कालिन प्रधानन्यायाधीश शुशीला कार्की समेतलाई विपक्षी बनाई असी जना उच्च न्यायाधीशको नियुक्ति विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।

सरुवा भएका न्यायाधीशहरुको सूची

प्रकाशित: ६ श्रावण २०७५ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App