४ वैशाख २०८१ मंगलबार
समाज

डा. केसीकाे पक्षमा महाेत्तरीमा प्रदर्शन

महोत्तरी - नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आइतबार महोत्तरीको जलेश्वरमा प्रदर्शन गरेको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन बसेका प्रा.डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गरी  जीवन रक्षा गर्न माग गर्दै तरुण दलले महोत्तरीमा प्रदर्शन गरेको हो। 

तरुण दल महोत्तरीका अध्यक्ष विनय यादवको नेतृत्वमा नेपाली काँग्रेस पार्टी कार्यालय खैरा चोकबाट शुरु भएको प्रदर्शनमा सहभागीहरुले डा. केसीको माग पुरा गर , निरङ्कुश शासन बन्द गर , अनियन्त्रित मूल्य वृद्धि नियन्त्रण गर लगायतको चर्को नारावाजी गर्दै सरकारको विरोध गरेका थिए ।

प्रदर्शनपछि महेन्द्र चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै तरुण दल महोत्तरीका अध्यक्ष यादवले डा.केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षाको माग गरे । यादवले शनिबार काठमाडौंमा तरुणदलले डा.केसीको मागमा समर्थन जनाउँदै आयोजना गरेको शान्तीपूर्ण र्‍यालिमा बल प्रयोग गरी सरकारले निरङ्कुशता प्रदर्शन गरेकोमा आपत्ती समेत जनाए। 

प्रकाशित: ६ श्रावण २०७५ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App