coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कानुनमन्त्री तामाङले माफी मागे

काठमाडाैं - कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कानुनमन्त्री तामाङले आफुले साउन ४ गते एक विद्यालयमा दिएको अभिव्यक्तिले बङलादेशमा अध्ययन गरिरहेका र अध्ययन गरी फर्केका छात्राहरुमा पर्न गएको चोट प्रति माफी मागेका हुन् । आफुले बङलादेशमा अध्ययन गर्न गएका केहि नेपाली चेलीहरुले आत्महत्या गरेका घटनाबारे जानकारी पाएको र केहि नेपाली चेलीहरुले त्यहाँ विविध समस्या भोग्नु परेकाले घटना उजागर गर्न त्यस्तो अभिव्यक्ति दिएको मन्त्री तामाङले विज्ञप्तीमा उल्लेख गरेका छन्।  

मन्त्री तामाङले आफु महिलाको आत्म सम्मान ,हिंसा मुक्त समाज र नारी अस्मिताको रक्षामा प्रतिवद्ध रहेको समेत बताएका छन्। 

मन्त्री तामाङले बङलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि विवादमा तानिएका थियो । उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको थियो । 

कानुनमन्त्री तामाङले जारी गरेको प्रेस विज्ञप्ती :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App