coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा बाढीपछि गर्मी, तातो हावाले ३० जनाको मृत्यु

टोक्यो- जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 
केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान आइतबार देशभर सूचना जारी गरिएको छ। 

अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन्। गत हप्ताको शुरुदेखि बढेको तापक्रम मध्य जापानमा भने ४०.७ डिग्री सेल्सियससम्म पुगेको छ। 

यो तापक्रम पाँचवर्ष यताकै उच्च भएको सरकारी तथ्याङ्क रहेको छ। यसैबीच क्योतो सहरमा लगातार सात दिनसम्म ३८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम रहेको जनाइएको छ। जापानमा तापक्रमको रेकर्ड राख्न थालिए यताकै यो उच्च तापक्रम भएको जापान सरकारको मौसम विज्ञान विभागले जानकारी दिएको छ। 

जापानको शिक्षा मन्त्रालयले विद्यालयहरूलाई उच्च गर्मीबाट जोगिनका लागि सक्दो उपाय अपनाउन सूचना जारी गरेको छ। मङ्गलबार जापानको क्योतो शहरको आइची जिल्लामा सञ्चालित एक छ वर्षीया बालकको ज्यान गएको थियो। उनको विद्यालयमै ज्यान गएको बताइएको छ। 

त्यसैले कतिपय जिल्लाका प्राथमिक विद्यालयहरुको पठन पाठन पनि बन्द गराइएको छ। अरु एक दुई दिनसम्म यस्तो गर्मीको मौसम रह्यो भने अन्य विद्यालयहरु बन्द गर्ने बारेमा पनि सोच्न सकिने अधिकारी बताउँछन्। 

जापानमा यसै महिनाको शुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २०० भन्दा धेरैको ज्यान गएको थियो। उक्त बाढी र वर्षा पनि यहाँ गएको करिब ४० वर्षपछिकै सबैभन्दा ठूलो भनिएको थियो । बाढीको प्रकोप घटेपछि लगत्तै यो तातो हावा चल्न थालेको छ। 

यसलाई कतिपय मौसमविद्हरुले यसलाई जलवायु परिवर्तनसँग तुलना गरेर पनि हेरेका छन्। यस विषयमा यहाँका अधिकारीहरुले भने केही बताएका छैनन्।

प्रकाशित: ६ श्रावण २०७५ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App