coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्कुटर चोरी गर्दा गर्दै पक्राउ

काठमाडौं - स्कुटर चोरी गर्दा गर्दै प्रहरीले शंखमुलबाट दुई जनालाई पक्राउ गरेको छ। ललितपुर ग्वार्को बस्ने धनगढी चौराहा-४ घर भएका १८ वर्षिय शिखर रेग्मी र भक्तपुर कमलबिनायक घर भएका १८ वर्षिय उत्तमराज बिष्टलाई स्कुटर चोरी गरिरेहेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको हो।

शंखमुल स्थित सडकमा पार्किङ गरी राखेको बा ३० प १८५३ र बा ४४ प ३१०४ नम्बरको स्कुटर चोरी गरिरहेको अबस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ६ श्रावण २०७५ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App