७ वैशाख २०८१ शुक्रबार
समाज

स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

काठमाडौं – काठमाडौंको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ।  शनिबार राति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको ठिमी बस्ने २४ वर्षीय हीराबहादुर थानीको मृत्यु भएको हो। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनाबाट घाइते थानीको उपचारका क्रममा राति १ः३० बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी दिए। 

स्कुटरमा सवार रहेका दुई जना पनि घाइते भएकाले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ। साइकललाई ठक्कर दिएको स्कुटरसमेत नियन्त्रण गुमाएर पल्टिएको थियो।  (रासस)

प्रकाशित: ६ श्रावण २०७५ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App