coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आलोचनाबाट निराश छैन : नेइमार

साओपाउलो – ब्राजिलियन स्ट्राइकर नेइमारले विश्वकपको आलोचनाले आफू निराश नभएको बताएका छन् । रूस विश्वकपमा आशा गरिएका खेलाडी नेइमारले अधिकांश समय प्रतिद्वन्द्वीविरुद्ध मैदानमा लडेर बिताएका थिए।

विश्वकप फुटबलमा बेल्जियमसँग पराजित हुँदै घर फर्किएपछि स्ट्राइकर ‘नेइमार जुनियर इन्स्टिच्युट’ ले बिहीबार गरेको सार्वजनिक कार्यक्रममा पहिलो पटक उपस्थित भएका हुन् । सार्वजनिक कार्यक्रममा उपस्थित हुनुपूर्व ब्राजिलियन समर्थकले सामाजिक सञ्जालमार्फत विश्वकपमा लड्दै गरेका अतिरञ्जित भिडियोहरू सार्वजनिक गर्दै नेइमारलाई जिस्क्याएका थिए।

‘सामाजिक सञ्जालमा हाँसोको पात्र बनिरहेको छु । सबैले मलाई गिज्याइरहेका छन् । तर सबैले मबाट अपेक्षा गरेका थिए, मैले यसलाई हाँसोको रूपमा लिएको छु । तर म कत्ति पनि विचलित छैन,’ पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार इन्स्टिच्युटले गरेको कार्यक्रमपूर्व सञ्चारमाध्यमसँग भने।

सामाजिक सञ्चालमा सार्वजनिक गरिएको भिडियोमा नेइमारलाई बच्चाहरूले घेरिरहेका छन् भने नेइमार बच्चाहरूलाई अटोग्राफ दिइरहेका छन् । ‘यो एउटा यस्तो क्षण थियो, म बच्चाहरूसँग रमाइरहेको थिएँ र मैले उनीहरूसँग बस्ने निर्णय गरेको थिएँ,’ नेइमारले भने।

‘सामाजिक सञ्जालमा हाँसोको पात्र बनिरहेको छु । सबैले मलाई गिज्याइरहेका छन् । तर सबैले मबाट अपेक्षा गरेका थिए, मैले यसलाई हाँसोको रूपमा लिएको छु । तर म कत्ति पनि विचलित छैन।’

रूस विश्वकपको प्रदर्शनलाई लिएर उनका समर्थक, खेलाडी र पूर्वखेलाडीहरूले मैदानमा देखाएको अतिरञ्जित व्यवहारका कारण उनलाई आलोचना गरिरहेका छन् । तर क्रोएसियाविरुद्ध २–० को जित निकाल्दा एक गोल गरेका नेइमार मैदानमा भावुक भएका थिए भने प्रतिपक्षको फाउलमा अस्वाभाविक रूपमा मैदानमा लडेका थिए । उनका वकिलले २६ वर्षे नेइमारको प्रतिक्रियाभन्दा पनि प्रतिद्वन्द्वीको आक्रामक शैलीबाट रेफ्रीले जोगाउनुपर्ने बताए।

‘विश्वकपबाट बाहिरिएपछि विश्वकपका सबै कुराहरू समाप्त भएका छन्,’ नेइमारले भने, ‘अब हामी खुसी हुनुपर्छ । हामी दुखी हुनुको कारण प्रतियोगिताबाट बाहिरिनु थियो । अब खुसी चुम्दै आउँदा दिनमा अगाडि बढ्नुपर्छ ।’ नेइमारेले १९ वर्षको सानो उमेरमा नै देशका लागि विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किलियन एमबाप्पेको प्रशंसा गरे । उनीसँगै नेइमार पिएसजीमा फुटबल खेल्छन्।

‘उनी राम्रा खेलाडी हुन् । उनीसँगको बसाइले उनको खेलशैली मलाई थाहा छ । उनीजस्ता राम्रा खेलाडीसँग खेल्न पाउँदा मलाई खुसी लागेको छ,’ नेइमारले भने, ‘एमबाप्पे र मेरो निरन्तर संवाद भइरहन्छ । मैले उनलाई विश्वकपको उपाधि भित्र्याएकोमा बधाई पनि दिइसकेको छु । विश्वकप विजेताका रुपमा पुनः क्लबमा स्वागत गर्न पाउँदा निकै खुसी लाग्नेछ।

प्रकाशित: ६ श्रावण २०७५ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App