७ वैशाख २०८१ शुक्रबार
खेल

कलेटा–कारले साल्जबर्ग छोडे

मार्सेले – क्रोएसियाका रक्षक डुजे कलेटा–कार रेडबुल साल्जबर्गबाट मार्सेलेमा अनुबन्धित भएका छन् । नौ पटकको फ्रेन्च लिग विजेता मार्सेलेले अफसिजनमा खेलाडी अनुबन्धन गरेको यो पहिलो हो । कलेटा–कारले रूस विश्वकपको समूहचरणमा खेलेका थिए।

यसअघि साल्जबर्गबाट फुटबल खेल्दै आएका कलेटा–कारले क्लबलाई चारवटा अस्ट्रियन लिग र तीन राष्ट्रिय उपाधि दिलाएका थिए । यद्यपि केकतिमा सम्झौता भएको भन्ने बारेमा भने केही खुलाइएको छैन । तर केही समाचारपत्रहरुले भने २१ वर्षे कलेटा–कारलाई १ करोड ९० लाख युरोमा भित्र्याउन लागेको उल्लेख गरेका छन् । उनलाई सेभियाले पनि क्लबमा अनुबन्धित गर्ने सोच बनाइरहेको थियो।

‘कलेटा–कार फुटबल बुझ्ने चतुर खेलाडी हुन्,’ मार्सेलेका खेलकुद निर्देशक एन्डओनी जुबिजारेटाले भने, ‘उनी शारिरिक रूपमा निकै फुर्तिला छन्, जसले गर्दा एयर बल राम्रो खेल्न सक्छन् र फुटबलमा निकै महत्व राख्ने पास कला निकै राम्रो छ।’ मार्सेलेले अघिल्लो सिजनको फ्रेन्च लिगमा चौथो हुँदै लिगको अन्त्य गरेको थियो भने युरोपा लिगको फाइलनमा एट्लेटिको मड्रिडसँग पराजित भएको थियो ।

फाेन्टे लिल्लेमा

पोर्चुगलका जोजे फोन्ट फ्रान्सेली क्लब लिल्लेमा पुगेका छन् । उनले लिल्लेसँग दुई वर्षका लागि सम्झौता गरेका छन् । रूसमा सम्पन्न विश्वकमा फोन्टेले पोर्चुगलबाट सबै खेलमा सहभागिता जनाएका थिए । उनको टोली पोर्चुगल उरुग्वेसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको थियो।

दुई वर्षअघि फ्रान्समा भएको युरोपियन च्याम्पियनसिप जित्दा उनी पोर्चुगल टोलीका सदस्य थिए । लिल्लेले विज्ञप्ति जारी गर्दैै स्वास्थ परीक्षणपछि फोन्टेले सम्झौतापत्रमा हस्ताक्षर गर्ने जनाएको छ । क्रिस्टल प्यालेस, साउथह्याम्टन र वेस्ट ह्यामका पूर्वरक्षक फोन्टेले लिल्ले आउनुपूर्व चीनको डालियन यिफाङसँग पनि केही खेल खेलेका थिए । उनले डालियनसँगको सम्झौता रद्द गर्दै लिल्लेमा आबद्ध हुने निर्णय गरेका हुन्।

फ्रान्सका स्ट्राइकर लोइक रेमीपछि लिल्लेमा अनुबन्धित हुने उनी दोस्रा अन्तराष्ट्रिय खेलाडी हुन् । ‘मेरो लागि नयाँ चुनौती सफल हुनेछ भन्ने विश्वास लिएको छु,’ फोन्टेले भने।

गाैरकुफकाे डिजाेनसँग सम्झौता

यसै गरी फ्रान्सका अन्तर्राष्ट्रिय पूर्वखेलाडी युआन गौरकुफले डिजोनसँग एकवर्षे सम्झौता गरेका छन् । एसी मिलान, बोर्डेयुक्स र लियोनबाट व्यासायिक खेल खेलिसकेका युआन जिनेदिन जिदानका अर्को रूपमा मानिए पनि अपेक्षाअनुसारको खेल प्रदर्शन गर्न भने सकेनन् । ३२ वर्षे प्लेमेकर युआनले फ्रान्सबाट ३१ खेल खेल्दै चार गोल गरेका छन् । पछिल्लो सिजन रेनिसबाट खेलेका उनी सम्झौताविहीन थिए।

वार्ड लेस्टरमा 

लेस्टर सिटीले लिभरपुलका गोलकिपर ड्यानी वार्डसँग १ करोड २५ लाख पाउन्डमा सम्झौता गरेको छ । वेल्स राष्ट्रिय टोलीका गोलकिपर, २५ वर्षे वार्डले राष्ट्रिय टोलीबाट चार खेल मात्र खेलेका छन् भने लिभपुलबाट तीन खेल मात्र खेलेका छन् । वार्डले चार वर्षका लागि सम्झौता गरेका छन्।

‘अल–राउन्ड खेल प्रदर्शनका लागि मैले यो क्लब रोजेको हुँ र मलाई सफल बनाउनका लागि क्लबले सहयोग पु¥याउनेछ भन्ने विश्वास छ,’ वार्डले भने । लेस्टर सिटीमा आबद्ध हुने उनी चौथो खेलाडी हुन् । यसअघि लेस्टरले पोर्चुगलका रिकार्डो परेरी, नर्दन आयरल्यान्डका जोनी इभान्स र इङ्ल्यान्डका जेम्स माडिसनलाई टोलीमा अनुबन्धित गरेको थियो।

‘ड्यानीको उपस्थितिले टिमको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिएको छु, आउँदै गरेको प्रिमियर लिगमा उनको सहभागिताबाट टोलीले राम्रो गर्ने अपेक्षा छ,’ लेस्टर सिटीका प्रशिक्षक पे्रmन्च प्रशिक्षक क्लउडी पुइलले भने।

प्रकाशित: ६ श्रावण २०७५ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App