काठमाडौं – वल्र्डकपको अवधिभर आयोजना गरिएको प्रतियोगिताको बिहीबार लक्की ड्रबाट विजेता छनोट गरिएको छ। इटहरीमा गरिएको उक्त लक्की ड्र मार्फत जेनिशबाबु ढकाललाई ३२ इन्चको कलर टिभि परेको छ।
नेपालमा नेट प्रोटेक्टरको एन्टिभाइरसको एकमात्र अधिकृत बिक्रेता इटहरीको पबित्रम ट्रान्सइकोमिक नामक संस्थाले प्रतियोगिता आयोजना गरेको थियो।
सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत दिपक दाहाल, ग्लोबल आइएमई बैंकका इटहरी शाखा प्रमुख मुकेश शाह, सेवा सहकारीका सचिव अम्बिका नेपाल लगायतको उपस्थिति रहेको जारी विज्ञप्तिमा छ।
प्रकाशित: ६ श्रावण २०७५ ०४:१० आइतबार