coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अस्करमा भिड्दै ‘कालो पोथी’

काठमाडौं– आगामी अस्कर अवार्डमा नेपालबाट फिल्म ‘कालो पोथी’ले भिड्ने भएको छ । अमेरिकाको लसएन्जलसमा आगामी २०१७ फेबु्रअरी २६ का दिन हुने ८९ औं अस्कर समारोहमा ‘कालो पोथी’लाई ‘उत्कृष्ट विदेशीभाषी फिल्म’को विधामा भिड्न नेपालबाट पठाउन लागिएको हो ।

अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आटर््स एन्ड साइन्सेस (अम्पास)द्वारा मान्यताप्राप्त नेपाल छनोट समितिले ‘कालो पोथी’लाई छानेको हो । समितिले नेपालको छनोट चरणमा सहभागिताका लागि आह्वान गर्दा ‘कालो पोथी’, ‘पशुपति प्रसाद’ र ‘को आफ्नो’ फिल्मले तोकिएको समय अर्थात् गत भदौ १५ सम्म आवेदन दिएका थिए ।

तीनवटै फिल्म अम्पासका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जना रहे पनि प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी ‘कालो पोथी’लाई छानिएको छनोट समितिको प्रेस विज्ञप्तिमा जनाइएको छ ।   

२०७२ असोज १४ देखि २०७३ साल भदौ १४ भित्र कम्तीमा सात दिन सार्वजनिक प्रदर्शन गरिएका फिल्महरुले नेपालको छनोट चरणमा सहभागी हुन पाउने प्रावधान थियो । विमल पौडेलको अध्यक्षता रहेको छनोट समितिमा चिरञ्जीवी गुरागाईं सचिव, लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, कपिल पराजुली र भरत शाक्य सदस्य थिए ।

प्रकाशित: २५ भाद्र २०७३ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App