coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ज्याकीलाई मानार्थ अस्कर

हङकङका एक्सन स्टार ज्याकी च्यानले मानार्थ अस्कर अवार्ड पाउने भएको छ । आगामी नोभेम्बरमा हुने वार्षिक आठौं गभर्नर्स् अवार्ड समारोहमा ६२ वर्षीय ज्याकीलाई अस्कर अवार्डको ट्रफी हस्तान्तरण गरिनेछ ।
अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सको गभर्नर्स् बोर्डले हालै ज्याकीलाई अवार्ड दिने सम्बन्धमा मतदानबाट निर्णय गरेको हो।

डकुमेन्ट्री निर्माता फ्रेडरिक वाइजम्यान, कास्टिङ डाइरेक्टर लिन स्टलमास्टर र फिल्म सम्पादक अना भि कोट्सलाई पनि मानार्थ अस्कर अवार्ड दिइने भएको छ ।

६ वर्षको उमेरमा अभिनय थालेका ज्याकीले दुई सयवटा जति फिल्ममा काम गरिसकेका छन् । फिल्म क्षेत्रमा स्टन्ट, एक्सन र अद्भूत प्रतिभाको सहारामा दशकौंदेखि योगदान दिँदै आएकोमा ज्याकीलाई अस्कर प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।

ज्याकीले आपूm यस्तो मानार्थ अस्कर अवार्ड पाउने प्रथम चिनियाँ कलाकार हुन पाएकोमा खुसी लागेको फेसबुकमा लेखेका छन् । उनले ठट्टा गरे, ‘यो मेरो पहिलो अस्कर अवार्ड हो, अन्तिम होइन ।’
ज्याकी फिल्मका अभिनय, निर्माण, लेखन, निर्देशन, एक्सन कोरियोग्राफी र स्टन्ट विधामा सक्रिय छन् । उनी कहिलेकाहीँ गीत पनि गाउँछन् ।

प्रकाशित: २५ भाद्र २०७३ ०२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App