coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँलेको कुटपिटबाट दुई झाँक्रीको मृत्यु

धादिङ– धादिङको गंगाजमुना गाउँपालिका–२, लतावमा स्थानीयको कुटाईबाट दुई जनाको मृत्यु भएको छ। गाउँघरमा झाँक्री काम गर्दै आएका साइला भन्ने प्लेक तामाङ र नरुङ तामाङको गाउँलेकै कुटाइका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बर बिकले बताए।

तामाङ संस्कार अनुसार ४९ औं दिनको घेवा (काजकिरिया)मा जम्मा भएका गाउँलेले उनीहरुमाथि कुटपिट गरेको र शनिबार उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले जनप्रतिनिधिलाई घटनास्थलमा जान समेत रोकेका छन्। गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले भने, ‘घटनाका बारेमा बुझ्न गएका गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्षलाई गाउँलेले घटनास्थल पुग्न दिएनन्, कुटपिट गरेर दाहसंकार समेत गरिरहेको खबर पाएको छु।’

एसपी बिकका अनुसार शुक्रबार कुटपिट भएपछि शनिबार बिहान वडा कार्यालयमा बोलाएको छलफलमा समेत गाउँले उपस्थित भएका थिएनन्। ‘कुटपिटबाट घाइते भएका दुबै जनाको शनिबार साँझ ४ बजे मृत्यु भएको खबर पाइएको थियो, ६ बजे सदगद गरिसक्यो भन्ने खबर आयो’, एसपी बिकले भने, ‘प्रहरी टोली घटनास्थल पुग्दैछ, दुर्गम भएकोले तत्काल प्रहरी पु-याउन सकेनौं।’ 

घटनास्थल पुग्न दार्खा प्रहरी चौकीबाट ४ घण्टा र फुलखर्क प्रहरी चौकीबाट ७ घण्टा पैदल हिड्नु पर्छ। धादिङबेसीबाट घटनास्थल पुग्न दुई दिन पैदल हिड्नुपर्छ। फूलखर्क प्रहरी चौकीका असई राजेशकुमार मिश्रले भने घटनास्थल टाढा भएकोले जनशक्ति थोरै भएकोले तत्काल घटनास्थल पुग्न नसकिएको बताएका छन्। 

प्रकाशित: ५ श्रावण २०७५ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App