७ वैशाख २०८१ शुक्रबार
समाज

विद्युत वितरण केन्द्रको लापरबाही : करेन्ट लागेर १ जनाको मृत्यु, ४ घाइते

हुम्ला– हुम्लामा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन्। हिल्दुम विद्युत वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेर सीमकोट गाउँपालिका २ ठेहेकी जसी भण्डारीको ज्यान गएको हो। 

वडाध्यक्ष नर भण्डारीका अनुसार विद्युत बितरण केन्द्रले सीमकोट १ दोजाम गाउँका लागि लिएको लाइनको तार ठेहे गाउँको ग्याग्रु बुकाखोला भन्ने ठाउँमा विद्युतको पोलबाट चुडिएर बाटोमा परेको र तार नागेर हिड्ने क्रममा ४५ वर्षीया जसीको ज्यान गएको छ। नांगो तार छुँदा सोही गाउँ बस्ने ३५ वर्षीया कलदरी भण्डारी, ६० बर्षका कर्ण बहादुर बोहोरा, ३४ बर्षकी धान्नपुरी बोहोरा र ३० वर्षीया देवा बोहोरा सख्त घाइते भएको ठेहेका वडाध्यक्ष भण्डारीले जानकारी दिए।

विद्युतको पोलबाट चुडिएर तार बाटोमा छरपस्ट परेको खबर स्थानीयबासीले विद्युत कार्यालयलाई ३ दिनअघि नै दिएको तर सो ठाउँका लागि २ दिन अगाडि खटाएको कर्मचारी सम्बन्धित ठाउमा नजाँदा यो घटना भएको हिल्दुम विद्युत वितरण केन्द्रका निमित्त प्रमुख कलक बोहोराले बताए।

केन्द्रले सदरमुकाम सीमकोटसहित साविकका ७ गाविसमा प्रसारण लाइन वितरण गरेको ५ सय किलोवाट क्षमताकोे आयोजनाले वितरण गरेको लाइनका छरिएका तारबाट बाटोमा हिडिरहेकी भण्डारीलाई करेन्ट लागेको थियो। अन्य ३ जनालाई भने बिहान ११ बजेतिर बाटोमा हिड्ने क्रममा करेन्ट लागेको थियो। बाटोमा रहेको तारबाट करेन्ट लाग्छ भन्ने जानकारी अरुलाई नगराउँदा दुःखद घटना घटेको ग्याग्रु प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक नारायण बडूले बताए। 

उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

 

प्रकाशित: ५ श्रावण २०७५ १५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App