७ वैशाख २०८१ शुक्रबार
समाज

एकबर्ष नबित्दै भत्किन थाल्यो मध्यपहाडी लाेकमार्ग

सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित सुलिभन्ज्याङ नजिकै भत्किएकाे सडक। तस्विर अनिल/नागरिक

सिन्धुली - निर्माणाधिन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गको कालोपत्रे गुणस्तरहिन भएको पाइएको छ । कालोपत्रे भएको एकबर्ष नवित्दै राजमार्गमा खाल्डाखुल्डी पर्न थालेका छन्।

सिन्धुलीको खुर्कोटदेखि सिन्धुलीकै सिमाना उदयपुरको घुर्मिसम्म करिब ६० किलोमिटर सडक केहि स्थानबाहेक सबै स्थानमा कालोपत्रे भइसकेको छ तर कालोपत्रे गुणस्तरहिन हुँदा निर्माण भएको एकबर्षमै उप्किन थालेको हो। यस्तै राजमार्गको बाशेश्वरका विभिन्न स्थान, वितिजोरको सुलिभन्ज्याङ यस्तै डुडभन्ज्याङका विभिन्न स्थानमा सडकमा खाल्डैखाल्डा भएका छन्।

पूर्वी पहाडका दर्जनौ जिल्लालाई छोएर राजधानीसँग जोडिने यस राजमार्गमा अन्य जिल्लाको तुलनामा तिब्र गतिमै काम भएको भएपनि गुणस्तरिय काम हुन नसक्दा बनेको एक बर्षमै भत्किने अवस्थामा पुगेको स्थानियको आरोप छ।

 

प्रकाशित: ५ श्रावण २०७५ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App