७ वैशाख २०८१ शुक्रबार
कला

‘धडक’को सुखद सुरुआत

मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको जाह्नवी कपूर र ईशान खट्टरको फिल्म ‘धडक’ले सुखद सुरुआत गरेको छ। फिल्मले पहिलो दिन ८.७१ करोडको कारोबार गरेको छ। ट्रेड विश्लेषकहरुले फिल्मले पहिलो दिन ७ करोड कमाउने अनुमान गरेका थिए। 

पहिलो दिनको कमाई हेरेर फिल्मका पण्डितहरुले जाह्नवीको डेब्यू फिल्मको सुखद सुरुवात भनेका छन्।

साथै फिल्मले एक ठूलो फिल्मको रेकर्ड पनि तोडेको छ। फिल्मले पहिलो दिनको कमाईको मामिलामा ‘स्टुडेन्ट अफ द इयर’को रेकर्ड समेत तोडेको हो। २०१२ मा प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा पहिलो दिन ८ करोड कमाएको थियो। 

पहिलो दिनको कमाई रफ्तार हेर्दा फिल्मले आलिया भट्टको ‘राजी’को रेकर्ड पनि तोड्न सक्ने अनुमान गरिएको छ। 

प्रकाशित: ५ श्रावण २०७५ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App