५ वैशाख २०८१ बुधबार
खेल

ट्राई–म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबलाई

प्रथम स्थान हाँसिल गर्ने टाेलीलार्इ पुरस्कार प्रदान गर्दै नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री। तस्विर : नेपाली सेना

धादिङ - धादिङ जिल्लामा सञ्चालन भएको दोश्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई–म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘टिम ए’ ले हात पारेको छ । उसले निर्धारित दुरी २ घण्टा १८ मिनेट ४९ सेकेण्डमा पार गर्दै उपाधि जितेको हो। यस्तै दोश्रो समेत सेनाकै त्रिभुवन आर्मी क्लब ‘टिम बि’ भएको छ भने तेश्रो स्थान सशस्त्र प्रहरी बलको टोलीले प्राप्त गरेको छ।

विजेता टोलीलाई प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले ट्रफि, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने सेनाको टोलीले रु १ लाख ५० हजार प्राप्त गरेको थियो भने दाश्रो हुने सेनाकै अर्को टोलीले रु एक लाख तथा तेश्रो स्थान हात पार्ने सशस्त्रको टोलीले रु ७५ हजार प्राप्त गर्यो।

कुल १३ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाली सेनाको २, सशस्त्र प्रहरी बलको १, राष्ट्रिय क्लबहरुको ५ र महिला टिम १ गरी जम्मा ९ स्वदेशी तथा बेलायतको २, बंगलादेशको १, श्रीलंकाको १ गरी जम्मा ४ टिमको सहभागीता रहेको थियो। धादिङ जिल्लाको बैरेनीदेखि चरौंदीसम्म नेपाली सेनाले सञ्चालन गरेको यस साहसिक प्रतियोगिताको दुरी ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. र्‍याफ्टिङ गरी जम्मा ४३.७ कि.मि. रहेको थियो।

प्रकाशित: ५ श्रावण २०७५ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App