८ वैशाख २०८१ शनिबार
समाज

शान्ति मिसनका लागि सुडान उड्यो सशस्त्रको टोली

काठमाडौं– सशस्त्र प्रहरी बलको एक टोली राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनाका लागि दक्षिण सुडान प्रस्थान गरेको छ।  

एसपी शान्ति कार्कीको कमाण्डमा शनिबार सुडान प्रस्थान गरेको सशस्त्रको टोली बोरमा फर्म्ड पुलिस युनिटको रुपमा खटिने डीएसपी अजय छतकुलीले जानकारी दिएका छन्। टोलीमा सशस्त्र प्रहरी अधिकृत विल्लादार तथा जवान गरी कुल ४० जना छन्। 

डीएसपी छतकुलीका अनुसार सशस्त्रका एआईजी नारायणबावु थापाले प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहका बीच टोलीलाई विदाई गरेका थिए। त्यसक्रममा एआईजी थापाले देश र संगठनको नाम उच्च हुने ढंगले उच्च हौसलाका साथ कार्य गर्न निर्देशन दिए। 

पेशागत दायित्वलाई जिम्मेवारी पूर्वक पुरा गरेमा संगठनको छवी उज्वल हुने चर्चा गर्दै उनले जस्तोसुकै अवस्थामा पनि इमान्दार तथा बफादार भई जिम्मेवारी पूर्वक दायित्व पुरा गरिदा कार्य सफलता मिल्ने बताए।

प्रकाशित: ५ श्रावण २०७५ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App