चीनतर्फको निर्यात सन्तोषजनक : राष्ट्र बैंक

शनिबार, ०५ साउन २०७५, १५ : ३८ नागरिक

काठमाडौं - चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ। जुन अन्यदेशको तुलनामा उल्लेखनीय रहेकाे नेपाल राष्ट्र बैंकले बताएकाे छ। राष्ट्र बैंककाे अनुसान्धान विभागले आर्थिक वर्ष ०७४/७५ को ११  महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ ९१ दशमलव ०६ प्रतिशत वस्तु निर्यात भएको उल्लेख छ।

कूल वस्तु निर्यात १० दशमलव ०४ प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव ०३ प्रतिशतले वृद्धि भएको थियो। यस्तै भारततर्फ ८ दशमलव ७ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलव १ प्रतिशतले निर्यात बढेको छ।

अलैची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ, भने जिआइ पाइप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुको निर्यात घटेको छ।

सोही अवधिमा आयात भने २३ दशमल ०५ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ७ अर्ब ३५ करोड पुगेको छ । वस्तु आयातमा भारतबाट २५ प्रतिशत, चीनबाट २५ दशमलव ०३ प्रतिशत र अन्य मुलुकबाट १८ दशमलव एक प्रतिशतले वृद्धि भएकाे छ। मुख्यगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, एमएस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात उच्चदरमा बढेको छ।

त्यसैगरी कृषि आैजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ इनगोट, लगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा २४ दशमलव ६ प्रतिशतले विस्तार भई रु १० खर्ब ३३ अर्ब चार करोड पुगेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलब शून्य चार प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो। रासस








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad