coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रिपरको ठक्करले पैदल यात्री बृद्धाको मृत्यु

लहानको मुख्यचोकमा वृृद्धा पैदल यात्रीलाई टिपरले ठक्कर दिएपछि तस्बिरः मिथिलेश

लहान– लहानको मुख्य चोकमा ग्राभेलले भरिएको टिपरले ठक्कर दिंदा पैदल यात्री वृद्धाको मृत्यु भएको छ । ना ६ ख ६९९० नम्बरको टिपरको ठक्करबाट मृतक करिब ५५ वर्षिय महिलाको नाम र ठेगाना खुल्न नसकेको लहानका डिएसपि राजकुमार केसीले बताए ।

पूर्वपश्चिम राजमार्गको सहिद चोक अगाडि भएको उतm दुर्घटनास्थल भन्दा दश मिटर पश्चिम नेपाल प्रहरी र ट्राफिक प्रहरीको चेकप्वाईन्ट थियो । ‘टाउँकोमा आँपको बोरा र हातमा दुद्यको बोतल बोकेर विस्तारै आफ्नो बाटो काटिरहेकि वृद्धालाई तिब्र गतिको टिपरले ठक्कर दिंदा उनी त्यही ढलिन दुर्घटनाका प्रत्यक्षदर्शी एक कुल्फी बेच्नेले भने, किच्यो किच्यो भन्दा भन्दै पछाडिको चक्काले टाउँको तलको भाग छिया छिया पारिदियो ।

टिपर चालकले ब्रेक लगाउने प्रयास गरेको भए ती वृद्धाको ज्यान जोगिने थियो, प्रत्यक्षदर्शीहरुले भने । डिएसपि केसिका अनुसार ठक्कर पछि फरार चालक कैलाश चौधरीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ । मृतकको सनाखत प्रयास भैरहेको उनले बतए । मृतकको शव राउ स्मारक अस्पताल लहानको शव गृहमा राखिएको उनले बताए ।

 

 

प्रकाशित: ९ असार २०७३ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App