७ वैशाख २०८१ शुक्रबार
समाज

तरुणदलले निषेधित क्षेत्र तोड्न खोज्दा झडप, अश्रु ग्याँस प्रहार

काठमाडौं- डा. केसीको समर्थनमा सडकमा उत्रिएको तरुणदलले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको छ।  प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्याँससँगै लाठी प्रहार गरेको छ। डा.केसीको समर्थनमा उत्रीएका आन्दोलनकारीलाई तितरवितर पार्ने क्रममा प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले तरुण दलका कार्यकर्तालाई खेद्दै विजुली बजार पुलसम्म ल्याएको थियो। प्रहरीको लाठी प्रहारबाट केहि व्यक्ति घाईते समेत भएका छन्। डा. केसीको समर्थनमा मानवअधिकारवादी, विभिन्न दलका नेता कार्यकर्ता तथा स्वास्थ्यकर्मी लगायत सर्वसाधारणको सहभागिता थियो।

प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले केही प्रहरी समेत घाइते भएका छन्। तरुण दलका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजिरहँदा डा. केसीका स्वतन्त्र समर्थकहरु भने बानेश्वर चोकमा कोण सभा गरिरहेका थिए। अधिकारकर्मी कृष्ण पहाडीले सम्वोधन गरिरहेकै समयमा तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App