८ वैशाख २०८१ शनिबार
समाज

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

सुर्खेत – गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४/७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ। गत वर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताए।

‘हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ’, प्रहरी नायब निरीक्षक चौधरीले भने। यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उनले बताए। रासस

प्रकाशित: ५ श्रावण २०७५ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App