८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा उजुरी

टेक्सास (अमेरिका) – अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै केसीको समर्थनमा हस्ताक्षर अभियान सुरु गरेका छन्।

तीनदिनबाट सुरु गरिएको हस्ताक्षर संकलनमा १५ हजार हस्ताक्षर संकलन भएको र एक लाख पुगेपछि राष्ट्रसंघलाई बुझाइने अभियानकर्ता शिवप्रकाशले बताए। 

टेक्सासमा आज भएको प्रदर्शनलाई सम्बोधन गर्दै सामाजिक अभियान्ता सुमन न्यौपानेले सुरुमा महात्मा गान्धिलाई विश्वमा कसैले नचिनेको तर पछि उनको अभियानले विश्वमा व्यापकता पाएको स्मरण गर्दै डा. केसीको अभियान देश र जनताको हितमा रहेको बताए। उनले केसीको अभियानमा देश भित्र र बाहिरबाट साथ दिनुपर्ने बताए।

एनआरएन अमेरिकाका युथ कोर्डिनेटर स्वराज खातीले डा. केसीको माग र उनको अभियान देश र जनताको हितमा भएकाले उनको मागमा ऐक्यवद्धता जनाइएको बताए।

शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिने बताए। बेलैमा आयोगसमक्ष केसीको जीवन रक्षाका लागि  एक लाख हस्ताक्षर पु-याउनु अभियानको उद्देश्य रहेको उलने बताए।

डा.केसीको स्वास्थ्य जटिल बन्दै गएको र सरकार क्रुर देखिएकोले चार हजार हस्ताक्षरसहित मानव अधिकार उलंघनको आरोपमा नेपाल सरकारविरुद्ध उजुरी पठाइएको छ ।

प्रकाशित: ५ श्रावण २०७५ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App