coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मेरो फिक्का विश्वकप

न्हीला फाजू
कक्षा : ८
वागीश्वरी माध्यमिक विद्यालय,
भक्तपुर।

मैले पहिलो पटक विश्वकप फुटबल सन् २०१४ हेरेको थिएँ । मलाई त्यो बेलादेखि नै अर्जेन्टिना मन पथ्र्यो । किन मलाई अर्जेन्टिना मन पर्यो ? त्यसको कारण मलाई थाहा थिएन।

त्यो बेला अर्जेन्टिनाले फाइनलमा हार्दा मलाई एकदम नरमाइलो लागेको थियो । फाइनल हार्दा मेस्सीको आँखामा आएको आँसु अहिले पनि याद छ, मलाई । पछि मैले मेस्सीको बारेमा धेरै कुरा थाहा पाउन थालेँ । उनले खेलेका थुप्रै म्याच युट्युबमा हेर्न थालेँ । साह्रै राम्रो लाग्छ । त्यसपछि त मलाई अर्जेन्टिना झन मनपर्न थाल्यो।

‘कोपा अमेरिका’मा पनि अर्जेन्टिना फाइनलसम्म त पुग्यो तर जित्न सकेन । धेरैले यसको दोष मेस्सीलाई दिए र मेस्सीले राष्ट्रिय टिमबाट नखेल्ने गरी सन्यास लिए, जुन कुरा मलाई पटक्कै मन परेन किनकी फाइनलसम्म पुग्नु पनि ठूलो सफलता हो । मेस्सीको सन्यासले म आफूसमेत निराश भएँ । तर केही समयपछि मेस्सीले सन्यास फिर्ता लिएको समाचार सुनेपछि धेरै खुसी भएँ ।विश्वकप छनौट खेलमा मेस्सीकै ह्याट्रिकको कारणण् यो विश्व कपमा अर्जेन्टिनाले खेल्न पाएको कुरा मैले सुनेँ । त्यसैले अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहेँ । म व्यग्र भएर विश्वकप सुरू हुने पर्खिरहेँ ।

मलाई त अर्जेन्टिनाको म्याच हुने दिनदेखि मात्र विश्वकप सुरू भएको जस्तो लाग्यो । म र  मेरो भाइलाई अर्जेन्टिनाको जर्सी लाउन मन लागेर बालाई भनेँ । उहाँले सुरुमा त कराउनुभयो । तर भोलिपल्ट उहाँले दुईवटा अर्जेन्टिनाको जर्सी ल्याइदिनु भयो । म साह्रै खुसी भएँ । मेरो भाइ त स्कुल डे«सभित्रै जर्सी लगाएर स्कुल जान थाल्यो । अर्जेन्टिनाको जर्सीमा दुईटा तारा रहेछन् । अर्जेन्टिनाले अहिलेसम्म दुईपटक वल्र्डकप जितेकोले दुईटा तारा राखिएको रहेछ । अबको विश्वकपपछि अर्जेन्टिनाको जर्सीमा तीनवटा तारा रहने मैले आश गरेँ।

अर्जेन्टिनाको पहिलो म्याच आइसल्याण्डसँग रहेछ । हामीले म्याच अर्जेन्टिनाको जर्सी लगाएरै हे¥यौँ । उक्त खेलमा मेस्सीको पेनाल्टी रोकिएर म्याच बराबरीमा टुङ्गियो । म थोरै निराश भएँ । अर्को म्याच क्रोयसियासँग भयो त्यसमा किपरको गल्तीले गर्दा अर्जेन्टिना नराम्ररी हा¥यो । अब अर्जेन्टिना राउण्ड १६ मा पुग्छ कि पुग्दैन भनेर शङ्का लाग्यो । भाग्यवश् अन्तिम खेलमा नाइजेरियालाई हराएर अर्जेन्टिना ‘राउण्ड १६’ मा प्रवेश गर्न सफल भयो । म एकदमै खुसी भएँ।

हाफ टाइम सकेको छिनमै अर्को गोल अर्जेन्टिनाले हानेपछि त म खुसीले बहुलाउन लागेजस्तै भएँ । तर त्यो खुसी धेरै बेर टिकेन । फ्रान्सले अर्को गोल हान्यो । म बोल्नै सकिनँ । केही मिनेटपछि फ्रान्सले फेरि अर्को गोल हान्यो । त्यो हानेको गोल मेरै गालामा हानेको जस्तै भयो । म र मेरो भाइ निराश भयौँ । टिभीमा हेर्नै डर लाग्न थाल्यो । यतिकैमा फ्रान्सले चौथो गोल गर्यो । अब भने बाँकी खेल हेर्ने आँट ममा भएन ।

पहिलो प्रि–क्वाटर फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच थियो । त्यही दिन हामी सबै परिवार भोज जानुपर्ने थियो । भोजमा पनि म्याचको बारेमा सोचिरहेँ । भोज सकेर घर फर्किदै गर्दा गाडीबाट बाटोमा ठूलो प्रोजेक्टरमा थुप्रै मानिसहरू म्याच हेरिरहेको देखेँ । त्यतिबेला फ्रान्सले १ गोल हानिसकेको थियो । मलाई घर पुगेर म्याच हेर्न हतार भयो । टिभि खोल्दा हाफ टाइम भइसकेको थियो । मैले टिभिमा देखिहालेँ,अर्जेन्टिनाले पनि गोल हानेर बराबरी गरिसकेको थियो । मेरो खुशीको सीमा नै रहेन।

हाफ टाइम सकेको छिनमै अर्को गोल अर्जेन्टिनाले हानेपछि त म खुसीले बहुलाउन लागेजस्तै भएँ । तर त्यो खुसी धेरै बेर टिकेन । फ्रान्सले अर्को गोल हान्यो । म बोल्नै सकिनँ । केही मिनेटपछि फ्रान्सले फेरि अर्को गोल हान्यो। त्यो हानेको गोल मेरै गालामा हानेको जस्तै भयो । म र मेरो भाइ निराश भयौँ । टिभीमा हेर्नै डर लाग्न थाल्यो । यतिकैमा फ्रान्सले चौथो गोल ग¥यो । अब भने बाँकी खेल हेर्ने आँट ममा भएन । खेल सकेपछि मेस्सी रोएको मलाई हेर्नु थिएन । म सुत्न गएँ । यस्तो गर्मीमा पनि सिरकले पूरै अनुहार छोपेर सुतेँ तर निद्रा लागेन।

कोल्टो फेर्दै गरेँ कतिखेर निद्रा लाग्यो थाहै भएन । भोलिपल्ट थाहा पाएँ, अर्जेन्टिनाले पनि अर्को एक गोल थपेको रहेछ । तर त्यो गोलको कुनै अर्थ रहेन । उत्तीर्ण हुन ४० अङ्क चाहिनेमा २० अङ्क आएर अनुत्तीर्ण भएको विद्यार्थीलाई शिक्षकले अर्को पाँ अङ्क थपिदिएजस्तै भयो । मेरो लागि विश्व कप नै सकेजस्तै भयो । बाँकी खेल हेर्न मनै लागेन। अब मेरो चाहना भनेको अर्को ४ वर्षपछि अर्जेन्टिनाबाट मेस्सी खेलेको विश्वकप हेर्ने हो ।

 

प्रकाशित: ५ श्रावण २०७५ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App