coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

काहिल क्लब फुटबलमा सक्रिय रहने

सिड्नी – गत साता अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका अस्ट्रेलियाका सर्बकालिन उच्च गोलकर्ता टिम काहिलले शुक्रबार क्लब फुटलबलाई भने निरन्तरता दिने संकेत गरेका छन्।

काहिलले केही समय क्लब फुटबललाई निरन्तरता दिँदै प्रशिक्षणमा समेत इच्छुक भएको बताए । उनले अस्ट्रेलियाबाट १ सय ७ खेल खेल्दै ५० गोल गरेका थिए । अस्ट्रेलियाबाट ४ पटक विश्वकप खेलेका काहिलले विश्वकपमा ५ गोल गरेका थिए।

३८ वर्षे काहिलले आफू परिवारसँग अमेरिकामा बस्न चाहेको बताउँदै अमेरिकी मेजर लिग सकर (एमएलएस) बाट कलब फुटबललाई अघि बढाउन समेत संकेत गरे।

‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिए पनि क्लब फुटबलबाट विदा लिएको छैन । त्यसैले मेरा लागि घरेलु वा विदेशी लिग अवसर बन्न सक्छ,’ काहिलले भने, ‘तर मैले यसबारे अन्तिम निर्णय भने लिइसकेको छैन ।’ यद्धपी काहिलले अस्ट्रेलियन ए–लिगमा फर्किने सम्भावना भने नरहेको स्पष्ट पारेका छन् । काहिलले गत सिजन मेलबर्न सिटीबाट खेलेका थिए।

‘मेरो ए–लिगको अनुभव सुदख र सफल रह्यो । तर अमेरिकामा बसोबास गर्दै ए–लिग खेल्न असभ्व छ,’ उनले थपे ।
कालिलले आफू सद्भावना दुतका रुपमा ए–लिगको सफलताका लागि लागिरहने बताउँदै त्यहीबाट प्रशिक्षण करियर अघि बढाउन चाहेको उनले बताए।

‘म भविष्यमा एउटा राम्रो प्रशिक्षक बन्न चाहन्छु । म केही समय अस्ट्रेलियामा परिवारमै बिताउन चाहान्छु,’ उनले भने, ‘म छिट्टै इङल्यान्डमा युइएफए ‘बी’ लाइसेन्स कोर्सको लागि जाने छु । त्यसपछि मात्र क्लब फुटबलका लागि आएको प्रस्तावका बारेमा निर्णय गर्नेछु।’

कालिलले विश्वकप समूह चरणका दुई खेलमा आफूलाई बेन्चमै राख्ने प्रशिक्षक बर्ट भान मार्विचको निर्णयप्रति कुनै गुनासो नभएको बताए । यद्धपी उनले पेरुविरुद्धको समूह चरणको अन्तिम खेलमा भने अवसर पाएका थिए । रुस विश्वकपको समूह ‘सी’ मा रहेको अस्ट्रेलिया २ हार र १ बराबरीका साथ समूह चरणबाटै बाहिरिएको थियो।

‘३८ वर्षको उमेर पुगिसक्दा तीन पटक विश्वकप खेलिसकेको खेलाडीका लागि चौथो पटक टिममा पर्नु नै ठूलो उपलब्धि थियो । मेरा लागि पनि रुस भ्रमणको टिममा पर्नु नै ठूलो कुरा थियो,’ काहिलले भने, ‘मभन्दा राम्रो शारिरिक अवस्थामा रहेका युवा खेलाडीहरु टिममा थुप्रै थिए।

रुसमा मैले खेल्न पाउनुभन्दा पनि मेरो टिमले सफलता पाउनु ठूलो कुरा थियो । त्यसैले मलाई प्रशिक्षकको निर्णयमा कुनै गुनासो छैन । बरु म यो उमेरमा पनि यस्तो महान टिमको हिस्सा बन्न पाएकोमा गर्व गर्छु।’

प्रकाशित: ५ श्रावण २०७५ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App