७ वैशाख २०८१ शुक्रबार
खेल

महाराजाको उच्च प्रदर्शन

कोलम्बो – स्पिनर केशव महाराजाले खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा १ सय १६ रन खर्चदै ८ विकेट लिएपछि दक्षिण अफ्रिकाले शुक्रबार दोस्रो टेस्टमा श्रीलंकालाई दबाबमा राखेको छ। ‘मेरा लागि आजको दिन सुखद रह्यो,’ मराहाराजले भने, ‘सबै थोक योजना अनुसार नै भयो ।’

पहिलो दिनको समाप्तीमा श्रीलंका २९९–९ मा खेलिरहेको छ । अकिला धनन्जय अविजित १६ र रंगना हेराथ अविजित ५ रनमा खेलिरहेका छन् । टस जितेर ब्याटिङ रोजेको श्रीलंकालाई ओपनर धनुस्का गुणारत्ने र दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दै गतिलो सूरुआत दिलाएका थिए।

श्रीलंकाका ओपनरहरुले २०१६ को अक्टोबरपछि पहिलो विकेटका लागि १ सय रनको साझेदारी गरेको यो पहिलो पटक हो । श्रीलंकाका ओपनरले पछिल्लो २१ टेस्टमा पहिलो विकेटका लागि १ सय रनको साझेदारी गर्न सकेका थिएनन् । महाराजाले ३५औं ओभरमा करुणारत्ने र ३७औं ओभरमा गुणरत्नेलाई पवेलियन फर्काएसँगै श्रीलंका दबाबमा परेको थियो।

करुणारत्नेलाई विकेटकिपर क्विन्टन डी ककबाट क्याच गराएका महाराजले गुणारत्नेलाई कासिगो रवाडाबाट क्याच गराएका थिए । १ सय ७ बल खेलेका गुणारत्नेले ६ चौका मद्दतमा ५४ रन जोड्दा १ सय १० बल सामना गरेका करुणारत्नेले ४ चौका मद्दतमा ५३ रन जोडे । त्यसपछि ब्याटिङका लागि आएका धनन्जय डी सिल्भा र कुशल मेन्डिसले तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकास्ने संकेत गरेका थिए । तर २१ रन जोडेका मेन्डिसलाई महाराजाले रावडाबाट क्याच गराउदा श्रीलंका चिया सत्र सम्म १५३–३ को स्थितीमा थियो।

श्रीलंकाले १ सय ६९ रन जोड्दा चौथो विकेट गुमायो । अजन्ता मेन्डिसलाई महाराजाले कप्तान फाप डु प्लेसीबाट क्याच गराएका थिए । पाँचौं विकेटका लागि डी सिल्भाले रोशन सिल्भासँग ५४ रनको साझेदारी गर्दै श्रीलंकाको इनिङ उकास्ने प्रयास गरेका थिए । तर रवाडाले रोशनलाई २२ रनमा बोल्ड गर्दै उक्त साझेदारी तोडेका थिए । ४६ बल खेलेका रोशनले ३ चौका प्रहार गरे।

डी सिल्भाले ६० रन जोड्दै श्रीलंकाको इनिङ उकास्ने प्रयास गरे पनि उनलाई अन्य ब्याट्म्यानले दरिलो साथ दिन सकेनन् । १ सय ९ बल खेलेका डी सिल्भाले ८ चौका प्रहार गरे । उनलाई माहाराजाले एलबिडब्लुको शिकार बनाएका थिए । तीन टेस्टको शृंखलामा श्रीलंका १–० ले पछि छ । श्रीलंकाले गत साता सम्पन्न पहिलो टेस्ट २ सय ७८ रनले जितेको थियो।

प्रकाशित: ५ श्रावण २०७५ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App