७ वैशाख २०८१ शुक्रबार
कला

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

मदन आचार्य
अध्यक्ष, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन

 
पर्यटन मन्त्रीले बनाउनु भएको ४५ जनाको जम्बो थिंक ट्याङक समूहमा तपाइँ पनि हुनुहुन्छ, के गर्दै हुनुहुन्छ तपार्इहरु ?

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक चन्द्रागिरिमा बसेर विभिन क्षेत्रको नीतिगत सुधारका लागि सुझाव सहित कार्यविधि तयार गरी संरचनागत क्षेत्रको वर्गीकरण गरी विभिन्न उप समूह बनाइएको छ । सबै समितिले काम गरिरहेका छन्।   

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भनेको छ, दुई वर्षमै पर्यटक संख्या दोब्बर बनाउन सकिएला ?  
उदेश्य के लिनु उडी छुनु चन्द्र एक भने झै असिम सम्भावनाको क्षेत्र हो पर्यटन ।  आवश्यक पूर्वाधार विकास गर्न सके २०२० को लक्ष्य सहज रुपमा प्राप्त गर्न सकिन्छ ।

काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा सुधार आएको छ, नेपाल वायुसेवाले २ वटा वाइडबडी जहाज भित्र्याईसकेको छ । भैरहवाको अन्तराष्ट्रिय विमानस्थलको काम तिव्र रुपमा अघि वढेको छ । स्थिर सरकार भएकाले अन्तराष्ट्रिय जगतमा सकरात्मक प्रभाव परेको छ । यी विविध सुचाङ्कलाई हेर्दा लक्ष्य प्राप्त गर्न सकिन्छ।  

मुलुकभित्र १० लाख भन्दा बढी पर्यटक धान्ने होटल सुविधा छैन, एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल छ, यस्तो अबस्थामा २० लाख पर्यटकको कुरा नारामा सिमित हुने त हैन ?
जनयुद्ध बिसाएर माओवादी शान्ति प्रक्रियामा आएपछि पर्यटक आगमनमा अत्यन्त सकरात्मक सुचाङ्क देखिन्छ । व्यवसायीहरु होटल जस्ता पूर्वाधार निर्माणमा जुटेका छन् ।

तर दुर्भाग्य, त्रासदीयूक्त भुकम्पले फेरी पर्यटन क्षेत्रमा शिथिलता आयो । पछिल्ला ५÷७ वर्षमा काठमाडौं, पोखरा र चितवनमा थुप्रै नयाँ होटल खुलेका छन् । यसले लक्ष्य अनुसार पर्यटक व्यवस्थापन सजिलै गर्न सक्ने देखिन्छ । रहयो अन्तराष्ट्रिय विमानस्थलको कुरा, काठमाडौं विमानस्थल अत्यन्त व्यस्त छ । यसलाई २२ घन्टा संचालन गर्न सरकारले कार्य प्रारम्भ गरिसकेको छ र १ वर्षको अन्तरालमा भैरहवा एयरर्पोट पनि सञ्चालनमा ल्याउने लक्ष्य छ।

पर्यटक बढाउन अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको आक्रामक मार्केटिङ पनि त भएको छैन ? अन्तराष्ट्रिय बजारमा प्रभावकारी रुपमा नेपाल पर्यटन बोर्डले मार्केटिङ गर्न नसकेकै हो ?
अन्तराष्ट्रिय वजारमा नेपालको पर्यटन बजार परिचित नै छ । यहाँ राम्रा वा नराम्रा जे घटना भए त्यसले नेपालको वारेमा अन्तराष्ट्रिय समुदाय परिचित नै छ।

थोरै मिहिनेत गरी हाम्रा अन्तराष्ट्रिय कुटनैतिक संयत्रलाई चलाउन सके पर्यटन वजार नेपालका लागि सहज हुन्छ । तर विश्व पर्यटन वजारले के खोजिरहेको छ भन्ने कुरा पर्यटन वोर्डले अनुसन्धान गरी पर्यटकहरुको चाहना, क्षमता र रुचि अनुसारका प्रोडक्ट तयार गरी नयाँ पर्यटक र गन्तव्य पहिचान गर्न जरुरी छ।  

पर्यटन बोर्डमा निजि क्षेत्रबाट सहभागि हुने बोर्ड सदस्यहरु पर्यटनविज्ञ भन्दा पनि राजनैतिक दलका कार्यकर्ता हावी भएकाले पनि मुलुकभित्र र बाहिर पर्यटन प्रवर्द्धनमा उत्साहजनक काम नभएको हो कि ?

पर्यटन वोर्डको संरचनालाई नै रिभ्यू गर्नु पर्ने वेला आएको छ । यसका संचालक तथा वोर्ड सदस्यहरुले विश्व पर्यटन वजारको गति बुझ्नु पर्छ । र, आन्तरिक तथा वाह्य पर्यटनमा प्रवर्धनमा विज्ञता हासिल गरेका व्यक्तिहरुको बोर्डमा प्रतिनिधित्व हुनु पर्छ ।

जहाँसम्म वोर्ड सदस्यको संलग्नता भनेको नीति निर्माण मात्र भएको हुँदा कार्यान्वयनको पाटो कार्यकारीको नै हुन्छ । त्यसैले पर्यटन वोर्डको उच्च व्यवस्थापन तहका कर्मचारीको टिम वर्कलाई अझ शसक्त वनाउन जरुरी छ । जसलाई स्वदेशी तथा विदेशी वजारमा नेपालको पर्यटन गन्तव्य एक्सप्लोर गर्न सजिलो होस्।

मुलुकभित्र आन्तरिक पर्यटन एकदमै मौलाएको छ तर राज्यले आन्तरिक पर्यटकको सम्मान गर्न सकेको छैन नि ?  
देशले आन्तरिक पर्यटकलाई पर्यटककै रुपमा हेर्ने दृष्टि बनाउँदैन तबसम्म आन्तरिक पर्यटन विकासमा राज्यको ध्यान जाँदैन । त्रासदीयूक्त भूकम्प पछि रिफ्रेस हुन आन्तरिक पर्यटन बढेको छ।

यसको विस्तारका लागि यातायात क्षेत्रको सिन्डिकेट पूर्ण रुपमा समाप्त गरी देशैभर सहज रुपमा पर्यटक सवारीको आवत जावत हुन पाउनु पर्छ । ऐन र विधेयकमा देखिएका विवादास्पद परिभाषा सच्चाई आन्तरिक पर्यटन मैत्री ऐन तथा नियम निमार्ण आबश्यक छ।

यी विषयहरु पर्यटन मन्त्रालयमा लिपिबद्ध गरी पेश पनि गरिसकेका छौं । अब यसको कार्यान्वयन हुनु पर्छ । पहिला देश अनि विदेश भन्ने नारालाई सार्थकता दिन आन्तरिक पर्यटन विकास जरुरी छ।

दिगो पर्यटन विकासका लागि तपाइँको संस्थाले के कस्ता कार्यक्रम गर्दैछ ?
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन देशभरका विभिन्न विधाका पर्यटन व्यवसायीहरुको छाता संगठन हो।

यसले पर्यटन क्षेत्रको विकासका लागि समृद्ध नेपालको आधार पर्यटनमा पूर्वाधार भन्ने नाराकासाथ योजना तर्जुमा गर्ने र केन्द्र सरकारलाई २४ वुदें तथा प्रदेश सरकारलाई पर्यटन क्षेत्र भित्र गर्नु पर्ने नीतिगत तथा पूर्वाधार निमार्ण, गन्तव्यको विकास, होमस्टे व्यवस्थापन तथा पर्यटन क्षेत्रमा लगानी मैत्री वातावरण तयार गर्न राज्यले गर्नु पर्ने कामका विषयमा पर्यटन मन्त्री मार्फत सुझाव पेश गरेका छौ ।

ती सुझाव नीति तथा कार्यक्रममा समावेश भैसकेका छन् । हुन बाँकीलाई पनि सरकारको कार्यक्रममा पार्न हाम्रो पहल जारी छ । साथै हामी पर्यटन मन्त्रीज्यूले तय गरेका पर्यटन सुधारका कार्यहरुलाई  सहजीकरण गरी सहयोग गरीरहेको छ।
 

प्रकाशित: ५ श्रावण २०७५ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App