८ वैशाख २०८१ शनिबार
अन्य

जीवनमुक्ति र निर्वाण–१०

तत्व जानेपछि पनि ब्रह्माभ्यास सधैं गर ।।
निर्मली नामले मात्र कहाँ जल निखार्दछ ।।

अविनासी वासुदेव परब्रह्मा म हुँ भनी ।।
माने मुक्ति भयौ पक्का अन्यथा बन्ध हुन्छ नि ।।

असत्य जडतालाई हटनई बाँकी बच्दछ ।।
न हट्ने चीज त्यो मै हुँ भन्ने जानी सुखी वन ।।

आफूलाई सधैं सम्झ यौटै ब्रह्मा म हुँ भनी ।।
म ध्याता ध्येय हो ब्रह्मा यस्तो भेद नगर्नु नि ।।

‘म नै चिन्मात्र हुँ ब्रह्मा’ यस्तो चिन्तन ध्यान हो ।।
ध्यान बिर्सी ब्रह्मा मात्र नभई बस्नु समाधी हो ।।

‘म ब्रह्मा हुँ’ ज्ञान यसको यदि अभ्यास बन्न गो ।।
अहंकार चंचलता मनबाट सबै हट्यो ।।
ध्येयाकार मात्र लीन ‘संप्रज्ञात’ समाधि हो ।।

 

 

प्रकाशित: ५ श्रावण २०७५ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App