coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयरले कुटे कर्मचारी

सिरहा - सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले जिन्सी शाखा प्रमुख बलिराम यादवलाई कुटपिट गरेका छन्। आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला उनले यादवको गालामा थप्पड हानेका हुन्।

नगरपालिकाले खरिद गरेको जेसिबी मेसिन दाखिला गर्न मेयर पासवानले जिन्सी शाखा प्रमुख यादवलाई दबाब दिँदै आएका थिए। बिलबेगर सामानको दाखिला गर्न नमिल्ने भनेपछि मेयरसाबले नियमसियम जे भए पनि मैले भनेको गर भन्दै जेसिबी दाखिला गर्न दबाब दिँदै आएको यादवले बताए।

‘बिलमा समानको विवरण, खरिद मिति र खरिद रकम सबै उल्लेख हुन्छ,’ यादवले भने, ‘बिल नै नभएको सामान कसरी दाखिला गर्नु ? दाखिला नभएसम्म सामानको भुक्तानी दिन मिल्दै ।’

प्रकाशित: ५ श्रावण २०७५ ००:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App