४ वैशाख २०८१ मंगलबार
समाज

१५ महिनापछि बन्दीपुरमा केबलकार

तनहुँ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले  शुक्रबार बन्दीपुर केवलकारको शिलान्यास गरेका छन्। 

ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको मुख्यमन्त्री गुरुङले शिलान्यास गर्दै पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिए। प्रदेशका १४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकामा पाँच वर्षभित्र उक्त संख्या शून्यमा झार्ने लक्ष्य रहेको उनले बताए। 

रु ५६ करोडको लागतमा निर्माण गरिने उक्त केबलकार १५ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ ।  रासस

प्रकाशित: ४ श्रावण २०७५ १५:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App