८ वैशाख २०८१ शनिबार
राजनीति

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । फाइल तस्विर

काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गर्न सरकारसँग अाग्रह गरेका छन्।

शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने बताउँदै डा केसीका माग जायज भएकाले उनका पछाडि  लाखौँ जनता रहेको प्रतिक्रिया दिए।

त्यसैगरी काँग्रेसका नेता अर्जुननरसिंह केसी र राजपाका नेता महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा तथा रमेश यादवले पनि अस्पताल पुगी डा केसीको स्वास्थ्य अवस्थावारे जानकारी लिएका थिए। 

यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको र कुनै पनि समयमा आकस्मिक समस्या आउन सक्ने बताइएको छ। डा केसीका तर्फबाट वार्तासमितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले वार्ताका सम्बन्धमा सरकारका तर्फबाट शुक्रबार पनि कुनै जानकारी नआएको बताए। 

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन्। रासस

प्रकाशित: ४ श्रावण २०७५ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App