शनिबार ‘काठमाडौं कोरा साइकल च्यालेन्ज’ हुने (फोटो फिचर)

शुक्रबार, ०४ साउन २०७५, २० : ११ नागरिक

काठमाडौं– भोली शनिवार काठमाडौंमा ‘कोरा साइकल च्यालेन्ज’ र्याली आयोजना हुँदैछ। यो र्यालीमा झन्डै तीन हजार साइकलप्रेमीहरु सहभागी हुने अपेक्षा गरिएको छ। शनिवार पाटन दरबार प्राङगणबाट बिहानीपखको मौसममा सहर नै ढाक्ने गरि साइकल यात्रीहरु सहभागी हुनेछन्।

के हो कोरा?
बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ। जस्तै मानसरोवर र कैलाश पर्वतलाई पवित्र तीर्थस्थलको रुपमा बुद्ध र हिन्दू धर्मावलम्बीहरुले कोरा गर्नु जीवनको ठुलो सपना हुन्छ। त्यस्तै ‘काठमाण्डौ कोरा साइकल च्यालेन्ज’मा उपत्यकाका प्रमुख धार्मिक तीर्थस्थलहरु स्वयम्भु, खास्ती चैत्य (बौद्ध स्तुपा) र पशुपतिनाथको परिक्रमा हुने गरी यात्रा गरिन्छ। यस्तो र्याली आठ वर्षदेखि हुँदै आएको छ।

‘काठमाण्डौ कोरा’मा ५०, ७५ र १०० किलोमिटर गरी तीन तहका ‘साइकल राइड’ तय गरिएको हुन्छ। ५० किलोमिटरमा सहभागी हुनेलाई एमेच्योर राइडर भनिन्छ। यसमा नव प्रवेशी हुन्छन्। ७५ र १०० किलोमिटरको समूहमा भने परिपक्व एवं व्यवसायिक साइकल चालकहरु सहभागी हुन्छन्।

पाटन दरबारबाट शुरु हुने यात्राको रुटमा किर्तिपुर,चोभार,नैकाप, स्युचाटार, स्वम्भु पछाडिको बाटो हुँदै नागार्जुन जंगलको छेऊछाउको बस्तीहरु हुँदै बालाजु, मनमैजु, धापासी, बुढानिलकण्ठ, कपन, बौद्ध, पशुपति, गुहेश्वरी, सिनामंगल, एयरपोर्ट, कोटेश्वर हुँदै पुनः पाटन दरवारमा पुगेर टुंगिनेछ।

साइकल र्यालीका अभियन्ता रत्नराम श्रेष्ठ भन्छन्, ‘हरेक पटक साइकल र्यालीको प्रमुख उद्देश्य साइकलको माध्यमबाट उपत्यकाको शहरी जीवनबाट केही उन्मुक्ति, रिट्रिट र प्राकृतिक एडभेन्चरबाट शहरलाई साइकलसँग जोड्नु हो भने यस इभेन्टबाट कुनै सामाजिक कार्यको लागि फण्ड उठाउनु पनि हो।’

यसअघि अायोजना गरिएका साइकल र्यालीका केही झलकहरु पनि हेर्नुहोस्।   सबै तस्बिर सौजन्य: रत्नराम श्रेष्ठ
















यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

एन्ड्रोइडको नयाँ लोगो, एन्ड्रोइडमा मिठाइको नामहरू प्रयोग नहुने !

गुगलले एन्ड्रोइडको नयाँ लोगो सार्वजनिक गरेको छ ! ...

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad