८ वैशाख २०८१ शनिबार
राजनीति

स्थिरताको वातावरण बिगार्नेको प्रतिवाद गराै : दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल । फाइल तस्विर

काठमाडौ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको यात्रामा लाग्नुपर्ने बताएका छन्। 

नेपाल नेत्रहीन संघको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले अस्थिरताको फोहोर फालेर पाँच वर्षीय स्थिर सरकारको लक्ष्यअनुसार समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताउँदै भने, ‘अस्थिरता र अराजकताबाट कुम्ल्याउनेहरु अहिले खुशी छैनन्, उनीहरु छट्पटिएका छन् । त्यसमा रमाउन पल्केकाहरु स्थिरताको वातावरण बिगार्न लागेका छन्।’ 

अध्यक्ष दाहालले समावेशिता र समानुपातिकताका दृष्टिले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक हो भन्दै यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। रासस

प्रकाशित: ४ श्रावण २०७५ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App