coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लाग्दा एकको ज्यान गयो, अन्य दुई घाइते

हुम्ला - हुम्लाको सिमिकोट गाँउपालिका वडा नं २ थेहेमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।

मृत्यु हुनेमा थेहेकी जसी भण्डारी रहेकी छिन्। उनको घटनास्थलमै मृत्यु भएको थियो । यस्तै घाइते हुनेमा सोही ठाँउकी कलन्धरी भण्डारी र बासपुरी बोहरा रहेका छन्।

करेन्ट कसरी लागेको भन्ने बारे प्रहरीले आधिकारिक जानकारी घटनास्थल पुगेपछि दिने बताइएको छ । घटनास्थलमा प्रहरीको टोली हालसम्म पुगिसकेको छैन । प्रारम्भिक जानकारी अनुसार खेतमा काम गरिरहेका उनीहरुलाई  पोलबाट खसेको तारले लाग्दा करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ। 

 

प्रकाशित: ४ श्रावण २०७५ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App