coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्याग्दीकि हिरा परियार ओमनमा अलपत्र

म्याग्दी- म्याग्दीकी एक महिला ओमनमा अलपत्र परेकी छन्। रोजगारको सिलसिलामा यूएईमा आर्कषक तलब सुविधाको प्रलोभन देखाएर ओमनमा पुर्‍याइएकी बेनी नगरपालिका ९ नेप्टेचौरकी हिरा परियारले आफ्नो जीवन रक्षाको माग गरेकी छन्।

१० महिना अगाडि युएईको अस्पतालमा राम्रो काम र तलबको सुविधा रहेको आश्वासन दिएर दलालले भारतको नयाँ दिल्लीबाट दुवई हुँदै ओमनमा पुर्‍याएको परियारको भनाई छ। ‘मलाई दलालले बेचेको यहाँ आएर थाहा पाए,‘मैले दैनिक चरम यातना पाइरहेको छु’ परियारको भनाई उद्धित गदैं यूएईमा रहेका उनका दाजु गोपाल परियारले भने। उनका अनुसार ओमनमा दैनिक कुटपिट गदैं कम्पनीमा लैजाने र घर फर्किएपछि भारतीय मुलका दम्पत्ती र उसका छोराछोरीले समेत कुटपिट गर्ने गरेको बताए। ‘मलाई दैनिक कुटपिट गर्दछन्,‘‘मेरो शरीरमा चोट छ, दैनिक चारपाँच पटक कुटपिट गर्दछन’ उनले भनिन्।

शरीरको विभिन्न भाग कुटपिटका कारण काम गर्न नसक्ने अवस्थामा रहेको परियारको भनाई छ। बेनपा–५ पुरुन्ने माइत भएकी उनको उद्धारका लागि प्रयास गर्न अनुरोध गरिएको छ। दलालले पैसा लिएर आफुँलाई बेचेको परियारको भनाई छ। ‘मलाई यहाँबाट बचाउनुहोस्,‘नेपालीको काम भए पुग्छ, यहाँ हामीलाई पशुजस्तै ब्यवहार गरिन्छ’ उनले भनिन्।

काम गर्न नसक्ने अवस्थामा घरधनीले झुन्डाएर मार्ने धम्की दिने गरेको बताईन्। दुबई र ओमनमा काम भन्ने गरी एक्कासी भारतीय मुलको परिवारको जिम्मा लगाएपछि दैनिक नर्कको बास भएको पीडितको भनाई छ। लामो प्रयासपछि घरधनीलाई झुक्काएर सामाजिक सञ्जालमार्फत आफ्नो दाईलाई भिडियो पठाएपछि घटना सार्वजनिक भएको थियो। भारतीय मुलका ओमनी नागरिकको घरमा काम गदैं आएकी उनलाई खान नदिने, पिट्ने, तलब नदिने गरेकाले ओमनस्थित नेपाली दूतावासलाई उद्धारका लागि अनुरोध गरेकी छन्। म्याग्दीबाट भारत हुँदै तेस्रो मुलुक जाने महिलाको अवस्था दयनीय छ। थोरै खर्चमा राम्रो काम पाईने आश्वासनले महिलाहरु भारत हुदै जाने गरेका छन्। विगतमा समेत महिलालाई चरम यातना दिएका घटना सार्वजक भएका थिए।

 

प्रकाशित: ४ श्रावण २०७५ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App