८ वैशाख २०८१ शनिबार
अर्थ

आठ करोड राजश्व संकलन

नवलपरासी – पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ८ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ। 

छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा १ करोड १८ लाख ६३ हजार र असारमा ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ। 

आव २०७३–७४ मा ५ करोड राजश्व संकलन भएको थियो। आव २०७३–७४ को तुलनामा आव २०७४–७५ मा ३ करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो। सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो।   (रासस)

प्रकाशित: ४ श्रावण २०७५ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App