coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

माथेमा प्रतिवेदन चिकित्सा क्षेत्रको ‘गीता’ होः कार्यदल सदस्य डा. मदन उपाध्याय (रेडियो अन्तर्वार्ता)

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीको जारी अनशनपछि कतिपयले उनले भन्दै आएको ‘माथेमा आयोग’ माथि नै राजनीतिकरण गर्ने प्रयास गर्न थालेका छन्।

माथेमा प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस्।

डा. केसीको सत्याग्रह कमजोर बनाउन माथेमा आयोगमाथि नै प्रश्न उठाउन थालिएको हो। यद्यपि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक केदारभक्त माथेमाको नेतृत्वमा गठित चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल अर्थात् प्रचलित माथेमा आयोग भने कुनै राजनीतिक आग्रहमा नभई चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरु सम्मिलित टोली थियो। माथेमाको नेतृत्वमा आईओएमका पूर्व डिनहरु सम्मिलित कार्यदलले करिब ६ महिना लगाएर सो प्रतिवेदन तयार गरी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारलाई प्रतिवेदन बुझाएको थियो। तत्कालीन अवस्थामा नेकपा एमालेका तर्फबाट खगराज अधिकारी स्वास्थ्य मन्त्री थिए। सो प्रतिवेदनलाई सबै पार्टीका नेताहरुले स्वीकार गरेका थिए भने प्रतिवेदन पढ्नेहरुले त्यहाँ औंल्याइएका सुझावहरुको प्रशंसा गरेका थिए।

आयोगका सदस्य एवम् चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पहिलो निर्देशकसमेत रहेका डा. मदन उपाध्यायले आफूहरुले तयार गरेको प्रतिवेदन आफैलाई चिकित्सा क्षेत्रको ‘गीता’ जस्तो लागेको बताउँछन्।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. केसीले पटकपटक अनशन बस्दा उनको सातौं अनशनपछि तत्कालीन सुशील कोइराला नेतृत्वको सकरकारले सो कार्यदल गठन गरेको थियो। कार्यदलले स्वतन्त्रतापूर्वक अध्ययन गरी सो प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको थियो। प्रतिवेदनमा दिइएका अधिकांश सुझावहरु सरकारले कार्यान्वय गरिसकेको छ र ती प्रभावकारी भएका छन्। काठमाडौं उपत्यकामा तत्काल मेडिकल कलेज आवश्यक छैन र १० वर्षसम्म अनुमति दिनु हुँदैन भन्ने विषय मेडिकल कलेजको गुणस्तरसँग जोडिएर आएको कुरा प्रतिवेदनमा स्पष्ट उल्लेख छ। कुनै पनि मेडिकल कलेज संचालनका लागि अस्पताल हुनु र विद्यार्थीको प्रयोगात्मक सिकाइका लागि प्रयाप्त विरामी हुनु पहिलो शर्त हो। काठमाडौंमा रहेका कतिपय मेडिकल कलेजहरुमा प्रयाप्त विरामी नहुँदा मेडिकल कलेज गुणस्तरीय बन्न नसकिरहेको सन्दर्भमा अहिले आवश्यक छैन भन्ने कुरा प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको छ।

यसै विषयमा रेडियो नागरिकको नियमित कार्यक्रम नागरिक मञ्चमा रविन्द्र सुवेदीले डा. उपाध्यायसँग गरेको कुराकानी हेर्नुहोस्।

प्रकाशित: ४ श्रावण २०७५ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App