विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

शुक्रबार, ०४ साउन २०७५, ११ : १३ नागरिक

विराटनगर -  विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकी छन्।

कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप्रमुखको योजना कार्यक्रमअन्तर्गत ‘छोरी पढाउ’ अभियान शुरु हुँदैछ । महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका बालिकालाई लक्षित गरेर यो अभियान शुरु हुने उनले जानकारी दिइन् ।

 यो घोषणाले उनको लोकप्रियता बढेकाे छ । जनप्रतिनिधिले जनताबीच वाचा गरेका कतिपय कुरा पूरा गर्न नसकिरहेको बेला कार्कीको अग्रसरतामा भएका कतिपय कार्यले ठूलो सफलता प्राप्त गरेपछि उनलाई नगरवासीले भरोेसाको केन्द्रमा राखेका छन् । ‘छोरी पढाउ’ अभियानअन्तर्गत दोस्रो सन्तानका रूपमा छोरीनै जन्माएमा उच्च शिक्षा हासिल गर्न महानगरले रु २५ हजार अग्रिम जम्मा गरिदिने भएको हो।

उनले भनिन्, “पहिलो सन्तान छोरी भएको हुनुपर्छ र दोस्रो सन्तान छोरी भएर एक महिनाभित्रमै जन्म दर्ता गरेपछि महानगरले अध्ययन गर्नकै लागि रु २५ हजार जम्मा गरिदिन्छ । यो अभियान विपन्न परिवारलाई लक्षित गरेर ल्याइएको हो, उनले थपिन्, “आर्थिक अभावले बालिका पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय राखेर उपप्रमुख योजना कार्यक्रम ल्याइएको हो ।” तर यसका लागि महानगरले शर्त पूरा गरेका अभिभावकलाई मात्र रु २५ हजार नगद जम्मा गर्ने जनाएको छ । गर्भवती भएकाले बच्चा जन्मिनुअघि कम्तीमा सात पटक स्वास्थ्य जाँच गरेको हुनुपर्छ ।

कुनै पनि स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाणपत्र पेश गरेपछि नगद रु २५ हजार जम्मा हुन्छ । सामुदायिक विद्यालयमा अध्ययन भएका बालिकालाई मात्र यो योजनाअन्तर्गतको रकम उपलब्ध गराइने उपप्रमुख कार्कीले बताइन्।रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad