८ वैशाख २०८१ शनिबार
खेल

एकताको सूत्र बन्यो विश्वकप

विश्वकप २०१८ का लागि दक्षिण अफ्रिकाले निर्माण गरेको रंगशाला । तस्बिरःएजेन्सी

जोहानेसबर्ग – २०१० को विश्वकप फुटबल आयोजना सफलतापूर्वक गर्दा अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाले विश्वस्तरीय १० वटा रंगशाला र पर्यटकको भरपूर आगमन पायो। तर पनि प्रतियोगिता लागि आवश्यक भौतिक संरचना निर्माणका क्रममा खर्च भएको रकम भने अझै भुक्तानी उठाउन सकेको छैन।

८ वर्षअघि सम्पन्न प्रतियोगिताले २४ वर्षदेखि विभिन्न मुद्दामा विभाजित बनेको दक्षिण अफ्रिकालाई एकताको सूत्रमा बाँध्ने काम गरेको थियो । अफ्रिकी भूमिमा पहिलो पटक आयोजना भएको विश्व फुटबलको महाकुम्भ सफतापूर्वक आयोजना गरेकोमा दक्षिण अफ्रिकाका खेलकुद उप–मन्त्री गर्ट ओस्थ्युइजेनले सधैं गर्वको महसुस भैरहने बताए।

‘हामीले रंगशाला र अन्य भौतिक संरचना पनि निर्मांण गर्याैं ।  हामीले निर्धारित समयअगावै सबै निर्मााणका कार्य सम्पन्न गरेका थियौं । सबै योजना सफल भए,’ ओस्थ्युइजेनले भने, ‘यो सबै पक्षका कारण दक्षिण अफ्रिकाले आफूलाई एक सफल आयोजकको रूपमा उभ्याउँदै विश्वमा आफूलाई प्रमाणित गर्याे । तर हामीले त्यो भन्दा ठूलो उपलब्धि हासिल गर्याैं । सबेैभन्दा महत्वपूर्ण पक्ष भनेको हाम्रो सामाजिक एकता रह्यो । प्रतियोगिताले हामीलाई एकताको सूत्रमा बाँध्यो । प्रतियोगिता दौरान सबैमा दक्षिण अफ्रिकी हुँ भन्ने भावना जाग्यो।’

विश्व फुटबलको महाकुम्भ आयोजनाका लागि दक्षिण अफ्रिकी सरकारले रंगशाला, सडक, विमानस्थल र अन्य संरचनाका लागि ३० अर्ब रान्डस् (३ अर्ब युरो) खर्च गरेको थियो । निर्माण कार्य सुरु भएसँगै १० वटा रंगशालमा निर्माणका लागि ६० हजार मानिसले रोजगारी पाउनुका साथै आर्थिक वृद्धिदर बढेसँगै सरकारको कामको तत्कालै प्रभाव देखिएको थियो।

‘आर्थिक रूपमा हामीले प्रतियोगिताका लागि निर्माण गरिएका रंगशालाबाट आर्थिक फाइदा उठाउन सकेनाैं । अझै केही नगरपालिकाहरूले रकम भुक्तानी गर्न बाँकी छ र त्यो धेरै लामो समयसम्म बाँकी रहिरहनेछ।’

जनु १ जुलाई ३१ गरी १ महिनासम्म चलेको प्रतियोगिता अवधिमा दक्षिण अफ्रिकाले १० लाख ४० हजार पर्यटकलाई स्वागत गरेको थियो । जबकि दक्षिण अफ्रिकामा २००९ मा वर्षभरि १० लाख १० हजार पर्यटक भित्रिएका थिए ।
तर के साँच्चै विश्वकप समापनपछि दक्षिण अफ्रिकाले फाइदा उठायो त?

‘हामीले खर्च गरेभन्दा धेरै उठायाैं । धेरैभन्दा धेरै,’ ग्रान्ड ट्रोटोनकी लेखा अधिकृत जलियान सौन्डासेसले भनिन्, ‘हामीले टेलिफोन, रंगशालाआसपासमा राम्रो सडकजस्ता थुप्रै संरचना पायाैं । जुन प्रतियोगिता नभइदिएको भए हामीले सायदै देख्न पाउँथ्याैं होला,’ उनले भनिन्, ‘त्यो सबै विश्वपकको प्रभाव हो।’

‘विश्वकप फुटबल, हामीले विश्वमा आफूलाई प्रमाणित गर्ने राम्रो माध्यम बन्यो । विश्वकपकै कारण दक्षिण अफ्रिकाको छवि सुधारिनुका साथै पर्यटक आगमनसम्म बढ्यो,’ दक्षिण अफ्रिकी बजार व्यवस्थापन अध्ययन संस्था इकोनोमिस्ट को जाका निर्देशक माइक स्चुस्लेरले भने, ‘तर आर्थिक रूपमा हामीले प्रतियोगिताका लागि निर्माण गरिएका रंगशालाबाट आर्थिक फाइदा उठाउन सकेनाैं । अझै केही नगरपालिकाहरूले रकम भुक्तानी गर्न बाँकी छ र त्यो धेरै लामो समयसम्म बाँकी रहिरहनेछ।’

दक्षिण अफ्रिकी सरकारले प्रतियोगितादौरान सम्म्बन्धित सहरलाई रंगशाला व्यस्थापनको जिम्मेवारी दिनुका साथै प्रतियोगितापछि पनि सोही सहरलाई रंगशाला मर्तत तथा व्यवस्थापनको जिम्मेवारी दिएको थियो।

केप टाउन र जोहानेसबर्गजस्ता मुख्य सहरमा अवस्थित रंगशाला विभिन्न सांस्कृतिक कार्यकम, रग्बी प्रतियोगिता र स्थानीय फुटबल प्रतियोगिताका लागि प्रयोग गरिएकाले उक्त रंगशाला व्यवस्थापनको जिम्मेवारी लिएका सहरले भने त्यसबाट आर्जन गरिरहेका छन्।

जोहानेसबर्गले रंगशाला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । अन्य रंगशालाको व्यस्थापनको जिम्मेवारी लिएका सम्बन्धित सहरले भने त्यसबाट आर्थिक लाभ उठाउन सकेका छैनन्।

प्रकाशित: ४ श्रावण २०७५ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App