कांग्रेस केन्द्रीय समितिले नै मनाएन बीपी जयन्ती

शुक्रबार, २४ भदौ २०७३, १९ : ५२ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा विभिन्न संघ संस्थाले राजधानीसहित देशका विभिन्न स्थानमा कार्यक्रम गरे पनि पार्टी केन्द्रीय समितिले भने कुनै कार्यक्रम गरेन। पार्टीका सबै जिल्ला समिति र मातहतका निकायलाई बिपीको १०२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाउन निर्देशन दिए पनि केन्द्रले भने कुनै कार्यक्रम नराखेको हो।

पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु नेपाल विद्यार्थी संघ र बिपी संग्राहलयले आयोजना गरेको कार्यक्रममा सहभागी भए। तर, केन्द्रीय समितिले छुट्टै कुनै कार्यक्रम आयोजनाको आवश्यकता ठानेन। त्यति मात्र होइन केन्द्रीय कार्यालयमा आयोजना गरेको बिपी कोइरालाको तस्वीरमा माल्र्यापणमा पार्टीका नेता मात्र होइन, मुख्यसचिव पनि उपस्थित भएनन्।

पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बिपी कोइरालाको जन्मजयन्तीमा कार्यक्रम गर्न मातहतका सबै निकायलाई परिपत्र गरेको बताए। पार्टीका नेताहरु अन्य कार्यक्रममा नै सहभागी भएको जनाउँदै केसीले केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीले मात्र बिपीको तस्वीरमा माल्र्यापण गरेको जानकारी दिए । ‘मुख्यसचिवको मिसेस बिरामी हुने भएकाले आउन ढिलाभयो,’ केसीले नागरिकसँग भने, ‘सबैभन्दा पहिलो बिपीको तस्वीरमा माल्र्यापण गर्ने मै भए ।’

तर, शुक्रबार नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेताहरुले बिपी कोइरालाको मेलमिलापको नीति अनुसार नै दलीय सहमति कायम गरेर नयाँ संविधान कार्यान्वयनमा जुट्ने बताए । संविधान कार्यान्वयनको अर्को विकल्प नभएको जनाउँदै सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्रीहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलासहितका नेताहरुले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनपछि मात्र संविधानको पहिलो चरणको कार्यान्वयन पुरा हुने जनाउँदै नेताहरुले संविधानलाई सर्वस्वीकार्य बनाएर चुनावमा जाने प्रयास भइहरको बताए ।

कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि समय नभएको जनाउँदै त्यसका लागि समय कम भएको बताए । ‘काम धेरै छ,’ उनले भने, ‘तीनै चरणको निर्वाचन सम्पन्न गर्न दलीय सहमति आवश्यक छ । संविधानप्रति असन्तुष्ट पक्षलाई पनि मनाउनु पर्नेछ ।’

त्यसअघि शुक्रबारै गत वर्षको वैशाख १२ गतेको भूकम्पले भत्किएको बिपी संग्रहालय पुनर्निर्माणको शिलान्यास गर्दै देउवाले संविधान कार्यान्वयनले मात्र बिपी कोइरालाले परिकल्पना गरेर मार्गमा मुलुक अघि बढ्ने बताए ।
बिपीसँगै सुन्दरीजलमा बन्दी बनाइएका सबै नेताहरुको सालिक निर्माण गर्नु पर्नेपनि उनले बताए ।

कांग्रेस कोषाध्यक्षसमेत रहेकी शान्ति मन्त्री सीतादेवी यादवले देशमा शान्ति स्थापना नभएसम्म जनताको मानसिक परिवर्तन नहुने बताएकी छिन् ।  








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad