coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

चेम्बरलिन सिजनभर बाहिर

लन्डन  – लिभरपुलका मिडफिल्डर एलेक्स अक्लेड–चेम्बरलिनले आगमी पूरै सिजन गुमाउन सक्ने प्रिमियर लिगको क्लबले जनाएको छ।

२४ वर्षे चेम्बलिनलाई गत सिजन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा घुँडाको मसलमा चोट लागेको थियो । अप्रिलमा रोमाविरुद्ध खेलको ८ दिनपछि चेम्बरलिनको सफलतापूर्वक शल्यक्रिया गरिएको थियो।

‘चेम्बरलिनको अनुरोधमा उनी मैदानबाहिर रहने सम्भावित समय हामीले खुलाएका छैनौं । आफ्नो समाचारले च्याम्पियन्स लिगमा लिभरपुलको प्रदर्शन र उत्साहमा कमी नआओस् भन्ने उनी चाहन्छन्,’ लिभरपुलको विज्ञप्तिमा भनिएको थियो।

लिभरपुलका प्रशिक्षक क्लोपले भने आर्सनलका पूर्वमिडफिल्डर २०१८÷१९ सिजनभर उपलब्ध नहुने संकेत दिएका छन्। ‘अब भन्ने समय आएको छ कि अर्को सिजन चेम्बरलिन पूर्ण रूपमा ठीक हुन समय लाग्छ,’ चेम्बरलिनको चोटबारे क्लोपले भने, ‘उनको शल्यक्रिया हुँदा नै हामीलाई थाहा थियो।

तर चेम्बरलिन च्याम्पियन्स लिगमा टोलीको प्रदर्शनमा असर नपरोस् भन्ने चाहन्थे । उनको चोटमा राम्रो सुधार भएको छ । यही सिजन उनी फर्किए भने त्यो मेरा लागि बोनस हुनेछ।’

 

प्रकाशित: ४ श्रावण २०७५ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App