४ वैशाख २०८१ मंगलबार
समाज

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

कञ्चनपुर – आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते भएकी छन्।

बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते भएकी हुन्।

घाइते कुँवरको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि साँझ अबेर थप उपचारका लागि नेपाल प्रहरी अस्पताल काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

महेन्द्रनगरदेखि झोलुंगे पुलसम्म जाने ई—रिक्सामा नगरपालिकाले लगाएको शुल्कको विरोधमा अटोरिक्सा चालक र नेपाल विद्यार्थी संघले चक्काजाम गर्न खोजेको प्रहरीको भनाइ रहेको छ। रासस

प्रकाशित: ४ श्रावण २०७५ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App