८ वैशाख २०८१ शनिबार
कला

कपिल शर्माको मोदीलाई प्रश्न: यहि हो तपाईको राम्रो दिन?

भारतीय हास्यकलाकार कपिल शर्माले अक्रोश पोख्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गर्दै गरेको ट्विट यतिबेला भाइरल बनेको छ।

शर्माले  आफुले सरकारले तोकेको कर बुझाउँदा समेत मुम्बइमा निर्माण भैरहेको कार्यालयको लागि ५ लाख घुस दिन परेको भन्दै आक्रोशपूर्ण ट्विट गरेका थिए।

उनले मोदीलाई प्रश्न गर्दै ट्विटमा भनेका थिए ‘यहि हो तपाईको राम्रो दिन?'

उनले भनेका छन्, 'मैले विगत पाँच वर्षमा १५ कारोड कर बुझाएको छु तर पनि मैले मुम्बइका नागरिक अधिकारीलाई ५ लाख घुस दिनु पर्‍यो।'

उनको यो ट्विट पछि उनको समर्थनका साथै विरोध पनि भएको छ।

केहि प्रयोगकर्ताले उनले घुस तिरेपछि ट्विट गरेर चर्चामा आउन खोजेको आरोप लगाएका छन्।  केहिले कपिल जस्तो सेलिब्रेटिले घुस तिर्नु पर्छ भने साधारण जनताको के हालत होला भनी प्रश्न गरेका छन्।  

यसैबीच मुम्बइ नागरिक अधिकारीले शर्माको अफिसको भवन गैरकानुनी भएको भन्दै शर्माले कसलाई ५ लाख दिएका हुन् भन्ने बारे अनुसन्धान गरिने जनाएको छ।

 

प्रकाशित: २४ भाद्र २०७३ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App