८ वैशाख २०८१ शनिबार
समाज

विद्यालयबाट निजी बैंकले ‘क्वार्टर’ हटायाे, कार्यालय अझै भवनमै

दोलखा– जिल्लाको दक्षिणी गाउँमा सामुदायिक विद्यालयको पक्की भवन भाडामा लिएर चौतर्फी आलोचना खेपेको एउटा निजी बैंकले भवनबाट कर्मचारी ‘क्वार्टर’ हटाएको छ। 

दक्षिणी मेलुङ गाउँपालिका ४ भेड्पु स्थित भीम माध्यामिक बिद्यालयमा भूकम्पपछि सरकारले ९० लाखको लागतमा बनाईदिएको आरसीसी भवन सानिमा बैंकको शाखा कार्यालय सञ्चालनका निम्ती भाडामा दिएर बिद्यार्थीलाई कटेरामै छाडेको भन्दै बैंक, बिद्यालय व्यवस्थापन समिति र गाउँपालिकाका पदाधिकारीको आलोचना शुरु भएको थियो। 

बिद्यार्थी पढ्ने कक्षा कोठा निजी बैंकलाई मासिक १५ हजार रकम आउने गरी ४ ओटा कोठा भाडामा दिए लगत्तै चौतर्फी बिरोध पछि बिहिबार बैंकले बिद्यालय भवनबाट कर्मचारी ‘क्वार्टर’ हटाएको हो। १० बर्षका लागि सम्झौता गरेर लिएका बिद्यालय भवनका कोठामध्ये २ ओटा कोठा बिहीबार दिउँसो खाली गरिएको हो। कर्मचारीका लागि बिद्यालय हाताबाट २० मिनेट दुरीमा रहेको तल्लो गाउँमा कोठा व्यवस्था गरिएको छ। 

कार्यालय सञ्चालन प्रयोजनका लागि लिईएका दुई ओटा कोठा भने यथावत छन्। भवनकै दुई वटा कोठामार्फत स्थानियको खाता खोल्ने लगायतका कामहरु कर्मचारीले गरिरहेका छन्। 

बैंकले बिद्यालय भवनबाट क्वार्टर हटाएपनि शाखा सञ्चालनको विकल्प गाउँपालिका कार्यालयले दिन सकेको छैन्। गाउँपालिकाका जनप्रतिनिधि बिद्यालयबाट बैंक तत्कालै हटाएर अन्यत्र व्यवस्थापन गरिहाल्ने या तत्काल नहटाउने भन्ने बिषयमा बिभाजित छन्। 

गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठले तत्कालै बैंक सार्नका लागि उपयुक्त स्थान नभएका कारण अर्को स्थान व्यवस्था नहुञ्जेल बिद्यालयका बालबालिकाको पढाईमा बाधा नपुग्ने गरी भवनमै राख्नुको विकल्प नरहेको बताए।

प्रकाशित: ३ श्रावण २०७५ १६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App