न्याय सेवामा राम्रो काम गर्ने प्रयास गर्छु: प्रधानन्यायाधीश

शुक्रबार, २४ भदौ २०७३, १६ : ५३ नागरिक

काठमाडौँ-प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताएकी छन्।

नेपाल बार एसोसिएसन, महिला समितिले शुक्रबार आयोजना गरेको कानुन व्यवसायी महिलाको २५ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले आफू पदमा रहुन्जेलसम्म राम्रो काम गर्ने प्रयास गर्ने बताइन्।

प्रधानन्यायाधीश काकीले भनिन् – “काम गर्दा नेपालमा जस पाइँदैन, आर्यघाटमा पुगेपछि मात्र जस पाइन्छ, आलोचना गरुन्, मलाई वास्ता छैन तर म सधैँ राम्रो काम गर्ने प्रयास गर्छु।”

उनले कानुन व्यवसायी महिलाले आफ्नो क्षमता अभिवृद्धि गरी न्यायाधीश बन्न लायक हुनुपर्नेमा जोड दिँदै भनिन्– “तपाईंहरु सक्षम हुनुपर्छ, सङ्घर्षशील हुनुपर्छ, न्यायाधीशमा महिला भर्ती गर्न म तयार छु, न्याय परिषद्ले महिलालाई भर्ती गर्छ।”

प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी महिलाले दूरदराजमा रहेका महिलालाई न्याय हुनेखालको काम गर्नुपर्नेमा जोड दिँदै राम्रो काम गर्नका लागि न्यायालयले सदा सहयोग गर्ने बताइन्।

न्यायाधीश सपना मल्ल प्रधानले न्याय क्षेत्रमा गुणात्मक वृद्धि हुँदै गएको र अझ आर्थिक तथा व्यावसायिक क्षेत्रमा कानुन व्यवसायी महिला अब्बल हुनुपर्ने आवश्यकता औंल्यायीन्।

न्यायाधीश मीरा खड्काले न्याय क्षेत्रमा कानुन व्यवसायी महिलाको राम्रो सम्भावना रहेको र त्यसका लागि कडा मेहनत गर्नुपर्नेमा जोड दिइन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले बारमा कानुन व्यवसायी महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धि गर्न प्रयास भइरहेको बताए। रासस

 





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad