coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेसको अवरोधपछि प्रदेश संसद स्थगित

मकवानपुर– तीन नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ। बिहीबार बसेको बैठकको शुरुमै काँग्रेस सांसदहरुले उठेर संसद चल्न नदिने बताएपछि बैठक स्थगित गरिएको हो।

कांग्रेसले संसद चल्न नदिने जनाउनासाथ सभामुख सानुकुमार श्रेष्ठले बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरेका हुन्। विशेष समय लिएर काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बोलेलगत्तै पहिलोपटक काँग्रेस सांसदहरुले संसद अवरोध गरेका हुन्।

विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता बानियाँले संघीय र प्रदेश सरकार अधिनायकवादी प्रवृतितर्फ उन्मुख भएको दाबी गर्दै संसद चल्न नसक्ने बताए। प्रदेशमा सरकारले भूकम्प पीडितलाई सम्बोधन नगरेको, अनावश्यक कर बढाएको, उद्योग बर्ष घोषणा गरेपनि राहतको कुनै प्याकेज नल्याएको भन्दै उनले रोष प्रकट गरे। ‘संविधान विपरित सरकारले बजेट बक्तव्यमा जनयुद्ध शब्द प्रयोग ग¥यो’, उनले आक्रोस पोख्दै भने, ‘हामी अब टुलुटुलु हेरेर बस्न सक्दैनौं, सरकार नसचिए ठुलो मुल्य चुकाउनुपर्छ।’

बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले अध्ययन प्रतिवेदन सभामा प्रस्तुत गर्ने, मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवा तथा सुविधा सम्बन्धी विधेयकबारे प्रदेश मामिला समितिले बनाएको प्रतिवेदन समितिका सभापति माधवप्रसाद पौडेलले सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। 

प्रदेश राजधानीको टुङ्गो चाँडै लगाउनुपर्ने चर्को माग प्रदेश सभा र बाहिर भइरहेपनि केही समय थप लाग्ने भएको छ। राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठनबारे उच्च अदालत पाटनको हेटौंडा इजलासले कारण देखाउ आदेश जारी गरेसँगै काँग्रेसले पनि सदन अबरुद्ध गरेपछि थप समय लाग्ने भएको हो। समितिले जेठ २६ गते प्रतिवेदन पेस गर्दै प्रदेश राजधानीका लागि ५ जिल्ला सिफारिस गरेको थियो। वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर सिफारिस गरिए पनि प्राथमिकता क्रम भने तोकिएको छैन्।

प्रकाशित: ३ श्रावण २०७५ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App