७ वैशाख २०८१ शुक्रबार
समाज

श्रीमतीमाथि जर्वजस्ती गरेको आरोपमा श्रीमान् पक्राउ

उदयपुर-आफ्नै श्रीमतिलाई जबरजस्ती करणी गरेको आरोपमा यहाँका एक युवक पक्राउ परेका छन्। जिल्लाको पूर्वी बेलटार–बसाहा नगरपालिका १ का उनीविरुद्ध आफ्नै श्रीमतिले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएको आधारमा युवक पक्राउ परेका हुन्।

श्रीमानले ईच्छाबिपरित जबरजस्ती करणी गर्ने गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुधवार उजुरी दिएपछि २८ वर्षीय रुद्र राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। रुद्रविरुद्ध इच्छाविपरित, अप्राकृतिक यौन सम्पर्क गर्ने गरेको भन्दै महिलाले उजुरी हालेपछि अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर राना मगरले बताए।

डिएसपी मगरका अनुसार ईच्छाबिपरीत जतिखेर भन्यो त्यतिखेर शारिरीक सम्बन्ध राख्न खोज्ने, जबरजस्ती यौन उत्तेजना बढाउने औषधी खाएर खुवाएर जगरजस्ती गर्ने, अश्लिल भिडियो देखाएर त्यसै अनुसार जबरजस्ती गर्ने र भनेजस्तो गर्न नमाने शारिरीक र मानसिक यातना दिने गरेको उजुरी राईविरुद्ध परेको छ। साथै श्रीमतिको सम्बेदनशिल अंगहरुमा चोट पार्ने गरी आक्रमण गर्दै आएकाले बाध्य भई कारबाहीको माग गर्दै उजुरी हालेको महिलाले जनाएकी छिन्।

वैदेशिक रोजगारीको क्रममा विदेश रहेका उनी दुई महिनाअघि मात्र नेपाल फर्केका हुन्। विदेश रहँदा पनि सामाजिक सञ्जालबाट अश्लिल फोटो र भिडियोहरु पठाउने तथा पठाईमाग्ने गरेको आरोप पनि महिलाले लगाएकी छिन्। उजुरी दिन प्रहरी कार्यालय आएकी महिलाले श्रीमान भनेजस्तो गर्न नमाने पुरानै अश्लिल फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याउने गरेको गुनासो गरिन्।

घरैबाट पक्राउ राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिएसपी मगरले बताएका छन्।

 

प्रकाशित: २४ भाद्र २०७३ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App