काठमाडौं- डा. गाेविन्द केसीलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएकाे छ। जुम्लामा २० दिनदेखि अनशनरत डा. केसीलार्इ विहीबार साँझ सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे। सेनाको हेलिकप्टर टुँडिखेलमा अवतरण गरी डा केसीलाई सेनाकै एम्बुलेन्समा हालेर वीर अस्पताल लगिएको छ।
केही बेर राेकेपछि वीरबाट सेनाकै एम्बुलेन्समा शिक्षण अस्पताल लगिएकाे हाे। टिचिङ अस्पतालमा डा केसीलार्इ गणेशमान सिंह भवनमा राखिएकाे छ। याे भवनमा अाइसियु नरहेकाे चिकित्सकले बताएका छन्।
यसअघि अाइसियुकाे एक र दुर्इ नम्बरमा केसीलार्इ राख्ने भनिएकाे थियाे। अस्पतालले त्यही अनुसार तयारी समेत गरेकाे थियाे।
प्रकाशित: ३ श्रावण २०७५ १३:१२ बिहीबार