४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

उद्धार गरिएका किशाेरहरुले घरमा विताए पहिलाे रात

थाईल्याण्ड - थाईल्याण्डको एक गुफाबाट १८ दिनपछि उद्धार गरिएका किशोरहरुले करिब तिन हप्तापछि बिहीबार पहिलो पटक आफ्नो घरबाट सुर्योदयको दृष्य अवलोकन गरेका छन् । बुधबार अबेर अस्पतालबाट डिस्चार्ज भएपछि भर फर्किएका उनीहरुले करिब तिन हप्तापछि आफ्नो घरमा रात विताएका हुन् ।

एघार देखी सोह्र वर्षका १२ किशोर र उनीहरुका २५ वर्षीय प्रशिक्षक बुधबार मात्रै डिस्चार्जपछि  पहिलो पल्ट सार्वजनिक भएका थिए । डिस्चार्जपछि उनीहरुले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै गुफामा विताएका क्षणबारे आफ्ना अनुभवहरु सुनाएका थिए। 

उद्धार गरिएका अधिकांश किशोरहरु म्यानमारको सिमा नजिक रहेको मइ साई जिल्लाका रहेका छन् । बुधबार घर फर्केका उनीहरुलाई आफ्ना आफन्तहरुले अङ्गालो हाल्दै , अश्रृ मिश्रित मुस्कान निकालेका थिए । बुधबार पहिलो रात घरमा विताएका उनीहरुले विहान उठ्ने वित्तिकै मन्दीर गइ भगवानको दर्शन समेत गरेका थिए। 

 

प्रकाशित: ३ श्रावण २०७५ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App